इराकः ४ सय जनाको सामुहिक चिहान !

एजेन्सी, २६ कार्तिक – इराकको किरकुक प्रान्तमा ४ सय जनाको सामुहिक चिहान फेला परेको छ । इराकी सेनाले हावाइजी नजिकको एअरवेसमा उक्त चिहान फेला पारेको हो ।

गत महिना अघिसम्म उक्त क्षेत्र इस्लामिक अतिवादी समुह आईएसको नियन्त्रणमा थियो । चिहानमा आईएसले हत्या गर्नुअघि लगाइदिने गरेका पोशाक लगाएका शव समेत फेला परेको किरकुक प्रान्तका गभर्नर रकानले जानकारी दिएका छन् ।
गभर्नर रकानले उक्त क्षेत्रलाई आईएसले हत्या गर्ने मैदानको रुपमा परिणत गराएको दावी गरेका छन् ।

इराकी सेनाले आईएसको नियन्त्रणमा रहिसकेका विभिन्न ७२ वटा सामुहिक चिहानबाट करिब १५ हजार शव फेला पारिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Top