‘साउदीले लेबनानविरुद्ध युद्धको घोषणा गर्यो’

एजेन्सी, २५ कार्तिक – साउदी अरेबियाले आफ्नो देशमा युद्धको घोषणा गरेको लेबनानका हेजबुल्लाह नेताले आरोप लगाएका छन् ।

हेजबुल्लाह नेता हसन नर्सलाहले साउदी अरेबियाले इजरायललाई लेबनान विरुद्ध उक्साएको आरोप पनि लगाएका छन् । लेबनानका प्रधानमन्त्री साद अल–हरिरीले केही दिनअघि साउदी अरेबियाको राजधानी रियादबाट राजीनामाको घोषणा गरेको थिए ।

हेजबुल्लाह नेता नर्सलाले साउदी अरेबियाले अल–हरिरीलाई उनको इच्छा विपरित आफ्नो देशमा राखिरहेको बताएका छन् । हेजबुल्लाह शिया अभियान निकै शक्तिशाली मानिँदै आएको छ र यसको यसलाई इरानको साथ रहेको छ ।

साउदी अरेबियाको इरानसँगको सम्बन्ध राम्रो छैन । त्यसको बदला लिनका लागि लेबनानका प्रधानमन्त्रीलाई राजीनामा दिन बाध्य पारेको तथा लेबनानसहितको क्षेत्रमा युद्धको सुरुवात गरेको हेजबुल्लाह नेताले आरोप लगाएका हुन् ।

Top