सवारी दुर्घटना एकको मृत्यु, ६ जना घाईते

यम चौलागाँई ।
सिन्धुली, २५ कार्तिक – सिन्धुलीमा गएराति मिनिट्रक दुर्घटना १ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
सिन्धुलीको कमलामाई नगरपालिका २ पिपल भज्याङमा गएराति मिनि ट्रक दुर्घटना हुदा घाईते भएका मध्ये एक जनाको गएराती मृत्यु भएको हो ।

घाईते भएका अन्य ६ जनाको भने उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।मृत्यु हुनेमा कमलामाई नगरपालिका २ भद्रकालीका ६९ बर्षका सुकदेव श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

सिन्धुलीगढीबाट सिन्धुलीमाढी तर्फ आउदै गरेको बा ४ ख ३४४३ नं.को मिनिट्रक अनियन्त्रित भई दुर्घटना भएकोे जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक विनोद शर्माले जानकारी दिनुभयो ।

Top