यू-१९ एसिया कपः नेपालले आज बंगलादेशसँग खेल्दै

काठमाडौं, २५ कार्तिक – एसिसी यू-१९ एसिया कपको पहिलो खेलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

टेस्ट मान्यताप्राप्त पाँच राष्ट्रसँगै आयोजक मलेसिया र दुई क्षेत्रका च्याम्पियन नेपाल र युएईबीच प्रतिस्पर्धा हुदैछ । एसिया कपमा स्थान बनाउने क्रममा नेपालले इस्टर्न रिजन छनौटमा शीर्ष स्थान हासिल गरेको थियो ।

वेस्टर्न रिजनमा युएई शीर्ष स्थानमा रहदै एसिया कपमा स्थान बनाएको हो ।

Top