मूलपानी क्रिकेट मैदानको उद्घाटन

काठमाडाैं, २५ कात्तिक–काठमाडौंको मूलपानीमा बनेको माथिल्लो मूलपानी क्रिकेट मैदानको अाज औपचारिक उद्घाटन भएको छ । मैदान निमार्णको काम सकिएसँगै उद्घाटन गरिएको हो ।

राष्ट्रिय खेलाडी र पूर्वखेलाडीबीच मैत्रीपूर्ण खेल खेलाएर मैदानको औपचारिक उद्घाटन गरिएको नेपाल क्रिकेट संघ क्यानका कार्यसञ्चालन अधिकृत छुम्वी लामाले जानकारी दिनु भयो । मैदान खेल्न योग्य छ भन्ने सन्देश दिन मैत्रीपूर्ण खेल आयोजना गरिएको लामाले बताउनु भयो ।

१३ वर्षअघि निर्माण सुरु भएको मैदान विभिन्न कारणले ढिला गरी निर्माण सम्पन्न भएको हो। माथिल्लो मूलपानी क्रिकेट मैदान खेल्न योग्य भएपछि त्रिभुवन विश्वविद्यालय कीर्तिपुर मैदानको विकल्प तयार भएको छ।

Top