मर्यादित प्रतिष्पर्धाका लागि मेराे उम्मेद्वारीः दीपकुमार उपाध्याय

काठमाडाैं, २५ कात्तिक–नेपाली कांग्रेसका नेता तथा कपिलवस्तु क्षेत्र नम्बर १ का उम्मेद्वार दीपकुमार उपाध्यायले आफ्नो उम्मेद्वारी मर्यादित प्रतिष्पर्धाका लागि भएको बताउनुभएको छ ।

आफ्नो उम्मेद्वारी रहेको क्षेत्रको विकास, राष्ट्रिय राजनीतिमा देखिएको अन्यौलतालाई चिर्दै देशलाई विकासको गतिमा ल्याउन आफ्नो उम्मेद्वारी रहेको बताउनुभयो ।

आज बिहान नेपाल वाणी नेटवर्ककाे कार्यक्रम वाणी वहसमा कुरा गर्दै नेता उपाध्यायले लोकतान्त्रीक गठबन्धनको तर्फ आफ्नो उम्मेद्वारी भएकाले राजनीतिक स्थायित्व र देशकाे समृद्धिका लागि याे चुनाव अाफुलार्इ सुनाैलाे अवसर भएकाे  बताउनुभयो ।

याे निर्वाचन चुनौति पूर्ण भएपनि आफुलाई मतदाताले दिएको सहयोग र साथले थप उत्साह थपेको उल्लेख गर्नुभयो । कम्यूनिष्ट गठबन्धनले नेपाली राजनीतिलाई अहिले अविश्वासको पात्र बनाएको भन्दै नेता उपाध्यायले त्यसको अन्त्यका लागि पनि कांग्रेसको जीत अपरिहार्य रहेको बताउनुभयो ।

विशेष परिस्थितिमा नेता उपाध्यायले आफु भारत गएको भन्दै उहाँले आफ्नो भन्दापनि जनताको चाहना बमाेजिम नै उम्मेद्वारी दिएकाे  बताउनुभयो ।

Top