पोखरामा नयाँ एजेन्डाः ‘चिनियाँ रेल’को सपना

काठमाडौं, २५ कार्तिक – धारा, पानी, बत्ती वर्षौंदेखिका स्थायी प्रमुख चुनावी मुद्दा हुन् । उम्मेदवारले दिने आश्वासन र मतदाताका मुख्य चासो पनि यिनै थिए ।

तर यस पटक चुनावी एजेन्डामा नयाँ विषय थपिएको छ- ‘चिनियाँ रेल ।’ दलका राष्ट्रिय घोषणापत्र मात्र होइन, प्रदेश ४ का उम्मेदवारको स्थानीय घोषणामै ‘चिनियाँ रेल’ प्राथमिकतामा परेको छ ।

विशेष गरी चीनको तिब्बतबाट काठमाडौं-पोखरा-लुम्बिनी जोड्ने रेलमार्गको सम्भाव्यता अध्ययन भइरहेका बेला त्यसको अधिकतम फाइदा पोखरा आसपासका क्षेत्रलाई हुने भन्दै उम्मेदवारहरूले चुनावी एजेन्डा बनाएका छन् । आजको कान्तिपुरमा खबर छ ।

Top