नेपाल बंगलादेशसंग २ विकेटले पराजित

काठमाडाैं, २५ कात्तिक–एसीसी अन्डर १९ एसिया कपको अन्तरगतको आफ्नो पहिलो खेलमा नेपाल बंगलादेशसंग २ विकेटले पराजित भएको छ । ५० ओभरको खेल वर्षाले प्रभावित भएपछि ४० ओभरमा छोट्याइएको खेलमा बंगलादेशले १८१ रनको परिवर्तित लक्ष्य पाएको थियो ।

डीएल मेथडका आधारमा बंगलादेशले ४० ओभरमा १८१ रनको नयाँ लक्ष्य पायो, जसलाई अन्तिम बल खेल्नु अघि नै बंगलादेशले ८ विकेट गुमाएर भेट्टायो । प्रतियोगिताको समूह ए मा रहेको नेपालसँगै आयोजक मलेसिया, बंगलादेश र भारत समावेश छन् ।

समूहको अर्को खेलमा भारतले मलेसियालाई २०२ को विशाल अन्तरले हराउँदै समूहको शीर्ष स्थानमा रहेको छ । १० नोभेम्बरमा शुरु भएको प्रतियोगिता १९ नोभेम्बरसम्म जारी रहने छ ।

Top