दोस्रो अन्तर्राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता आजदेखि

काठमाडौं, २५ कार्तिक – दोस्रो अन्तर्राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता आज हुँदै छ । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा आयोजना तथा डिस मिडिया नेटवर्कको सहकार्यमा रिङ रेस्लिङ प्रतियोगिता हुन लागेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने प्रतियोगितामा नेपाल सहित ८ राष्ट्रका २१ रेस्लरको सहभागिता रहने छ । नेपाल, भारत, अमेरीका अष्ट्रेलिया, सिंगापुर, चेक रिपव्लिक,रुस र मलेसियाका गरी जम्मा २१ रेसलर रिङमा सहभागि हुनेछन् ।

ह्यान्डक्याप, ट्याग टिम,रोयल ब्याटल, हार्ड कोर डवल म्याच, सिंगल म्याच,र ट्रिपल थे्रट म्याच विधामा प्रतिस्पर्धा हुने वताईएको छ ।

Top