दैलेखः माइक्रो दुर्घटना हुँदा ३ जनाको मृत्यु , ८ घाइते

टेकराज केसी ।
दैलेख, २५ कार्तिक – सुर्खेतबाट दैलेख जादै माइक्रो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । बा ४ ख ५०१० नम्बरको माइक्रो दैलेखको सियाकोटमा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा दुइजनाको सनाखत हुन सकेको छैन भने एकजना सुर्खेतका पारस तिवारीको मात्र सनाखत भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । दुर्घटनामा अन्य ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी सरोज पौडेलले जानकारी दिनुभयो ।

घाइतेहरुलाई उपचारका लागि सुर्खेत पु¥याइएको र घाइते मध्ये केही अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । गाडी तीव्र गतीका कारण दुर्घटनामा परेको बताइएको छ ।

Top