‘११ राजकुमार पक्राउपछि अन्य दुईसय जना नियन्त्रणमा’

एजेन्सी, २४ कार्तिक – साउदी अरबमा भ्रष्टाचारविरुद्धको अभियानमा १२ राजकुमार पक्राउपछि अन्य दुईसय जना व्यक्तिलाई नियन्त्रणमा लिइएको छ ।

एक दर्जन राजकुमारलाई पक्रेर भ्रष्टाचारविरुद्धको अभियान तीब्र पारेको साउदी अरबले सोही अभियोगमा अन्य व्यक्तिलाईपनि नियन्त्रणमा लिएको हो । उनीहरु सबैसँग सोधपुछ र अनुसन्धान भइरहेको साउदी अरबले जनाएको छ ।

पछिल्ला केही दशकमा संगठित भ्रष्टाचार र अनियमितताको माधयमबाट एक सय अर्ब डलरको अपचलन गरिएको त्यहाँका महान्यायाधिवक्ताले जनाएका छन् ।

तीन वर्षसम्म चलेको अनुसन्धानपछि उनीहहरुलाई गएको शनिवार रातदेखि पक्राउ गरिएको महान्यायाधिवक्ता शेख सउद अल मोजेबले जानकारी दिए । जसमा राजकुमार, केही मन्त्री, ठूला व्यापारीसमेत रहेको बताइएको छन् ।

Top