स्विट्जरल्याण्ड र क्रोएशियाको विश्वकप छनोटको संभावना बलियो

एजेन्सी, २४ कार्तिक – स्विट्जरल्याण्ड र क्रोएशियाले अर्को वर्ष रुसमा हुने विश्वकप फुटबल प्रतियोगितामा छनोट हुने संभावना बलियो पारेका छन् ।

यूरोपेली समुहको प्ले अफ्अन्तर्गत गएराति भएका पहिलो लेगका खेलहरु जित्दै क्रोएसिया र स्विट्जरल्याण्ड विश्वकप नजिक पुगेका हुन् । प्ले अफ् पहिलो लेगको खेलमा क्रोएशियाले ग्रिसलाई ४–१ ले हरायो । प्ले अफ् कै अर्को खेलमा स्विट्जरल्याण्डले नर्दन आयरल्याण्डलाई १–० ले हरायो ।

युरोपेली समुहको अर्को प्ले अफ् खेल आज राती दुई बलिया टोली ईटाली र स्विडेनबिच हुनेछ । यसैगरी युरोपबाट डेनमार्क र आयरल्याण्डले पनि प्ले अफ् खेल खेल्नेछन् ।

Top