यू-१९ एसिया कप सुरुः नेपालको पहिलो खेल भोलि

काठमाडौं, २४ कार्तिक – एसीसी अन्डर नाईन्टिन एसिया कप आजदेखि मलेसियामा सुरु हुँदैछ । एसिया कपको पहिलो खेलमा आज समूह ए अन्तर्गत भारत र मलेसिया, पाकिस्तान र अफगानिस्तान तथा श्रीलंका र युएईबीच प्रतिस्पर्धा हुनेछ ।

समूह ए मा रहेको नेपालले भने भोलीे बंगलादेशविरुद्ध खेल्दै एसीसी अन्डर नाईन्टिन एसिया कपको सुरुआत गर्नेछ । नेपाल र बंगलादेश दुवैले एकअर्कासँग तीनवटा अभ्यास खेल खेल्दै एसिया कपको तयारी गरेका थिए । गत साता खेलका तीन अभ्यास खेल मध्ये दुईमा बंगलादेश र अन्तिम खेलमा नेपाल विजयी भएको थियो ।

नेपाल र बंगलादेशसँगै समूह ‘ए’ मा तीन पटकको च्याम्पियन भारत र आयोजक मलेसिया रहेका छन् । कूल ८ टोलीको सहभागिता रहेको एसिया कपको समूह बी मा पाकिस्तान, श्रीलंका, अफगानिस्तान र युएई छन् ।

Top