संघ-प्रदेश चुनाव खर्चः भ्रमणमै सवा दुई अर्ब

काठमाडौं, २४ कार्तिक – निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भ्रमणका लागि मात्रै दुई अर्ब २६ करोड रुपैयाँ बजेट छुट्याएको छ ।

निर्वाचनमा खटिने कर्मचारीलाई भ्रमण शीर्षका रकम उपलब्ध गराइन्छ । निर्वाचन खर्चमध्ये भ्रमणमा मात्रै साढे २१ प्रतिशत खर्च हुने देखिएको छ ।

मंसिर १० र २१ मा सम्पन्न हुने दुई चरणको निर्वाचनका लागि १० अर्ब ५३ करोड ४३ लाख ४३ हजार रुपैयाँ खर्च गर्ने गरी आयोगले कार्यक्रम बनाएको छ । आयोगले स्थानीय तह निर्वाचनमा एक अर्व ९१ करोड भ्रमण शीर्षकमा खर्च गरेको थियो । आजको अन्नपूर्णमा खबर छ ।

Top