रोनाल्डोको स्थानमा नेइमारलार्इ राख्न चाहान्छ रियल मड्रिड

एजेन्सी, २३ कात्तिक–स्पेनिस क्लब रियल मड्रिडले भविष्यसम्मका लागि राम्रो हुने भन्दै रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोको स्थानमा नेइमार चाहेको खबर सार्वजनिक भएको छ । भविष्यमा रोनाल्डोको स्थानमा रहने सक्ने गरी नेइमारका बुवा र रियल मड्रिडका अध्यक्षबीच कुराकानी भएको खबरमा उल्लेख गरेका छन् ।

रियल मड्रिडका अध्यक्ष फ्लोरेनटिनो पेरेजले केही दिनअघि स्पेननै फर्किएर खेल्न सक्ने सम्भावनाबारे नेइमारसँग कुरा गरेका थिए । पेरेजले अहिलेकै लागि मात्र नहेरेर भविष्यसम्मका लागि नेइमार ल्याउन सके राम्रो हुने बताएका छन् । रोनाल्डोको रियल मड्रिडमा २०२१ सम्मका लागि मात्र सम्झौता छ । त्यसपछिका दिनमा नेइमार रोनाल्डोको विकल्प हुन सक्ने रियल मड्रिडको योजना छ ।

नेइमार अहिले विश्वकै महंगा खेलाडी हुन् । उनी स्पेनिस क्लब बार्सिलोनबाट अहिलेसम्मकै धेरै रकम २२ करोड २० लाख युरोमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन गएका हुन् । नेइमारले त्यहाँ हप्ताको ८ लाख ६५ हजार युरो पारिश्रमिक पाउँछन् । पिएसजीले नेइमारसँग पाँच वर्षको सम्झौता गरेको छ । नेइमारले पिएसजीमा १२ खेलमा ११ गोल गरिसकेका छन् ।

Top