यमन भयावह अनिकालबाट गुज्रिरहेको छः राष्ट्रसंघ

एजेन्सी, २३ कात्तिक– यमनका लाखौँ सर्वसाधारण पछिल्लो एक दशक यताकै सबैभन्दा भयावह अनिकालबाट गुज्रिरहेकोप्रति संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ । तत्काल मानवीय सहायता र्पुयाउन नसकेको खण्डमा लाखौँ सर्वसाधारणले चरम अभाव सहनुपर्ने राष्ट्रसंघीय मानवअधिकार उच्चायोगले जनाएको छ ।

लामो समयदेखि द्दन्दबाट गुज्रिरहेको यमनमा पछिल्लो समय साउदी अरबले लगाएको प्रतिबन्धका कारण सर्वसाधरको अवस्था थप जटील बनेकोप्रति राष्ट्रसंघले सबैको ध्यानाकर्षण गराएको हो । यमनका लाखौँ सर्वसाधारणको जीवन रक्षाका लागि भएपनि नाकाबन्दी हटाउन राष्ट्रसंघले साउदी गठबन्धनलाई समेत आग्रह गरेको छ ।

यसअघि पनि इरानबाट बिद्रोहीलाई हातहतियार आपूर्ति हुने गरेको भन्दै साउदीले यमनसँगको स्थल, जल तथा हवाई मार्ग बन्द गरेपछि युद्ध प्रभावित यमनका विभिन्न शहरका लाखौं सर्वसाधारणको अवस्था चिन्ताजनक भएकोप्रति राष्ट्रसंघसहितका सहयोगी निकायले ध्यानाकर्षण गराएका थिए ।

Top