सिरहामा हतियारसहित एक पक्राउ

सिरहा, २२ कार्तिक – सिरहाको इलाका प्रहरी धनगढीका प्रहरी गस्ती टोलीले दुई थानहतियारसहित एक जनालाई पक्राउ गरेका छन् ।

गस्तीको क्रममा धनगढीमाई नगरपालिका ८ स्थित मुसहरनिया जंगलमा ३-४ जना शंकास्पद मानिसहरुले प्रहरी टोलीलाई देख्न साथ भागेका थिए ।  सोही क्रममा प्रहरीले चेकजाँच गर्दा एउटा लोड भएको र अर्काे खाली रहेको २ वटा भरुवा बन्दुक फेला पारेका छन् ।

फेला परेका हतियार वडा नम्बर १०का ५८ वर्षिय जंग बहादुर तामाङ्गको रहेको प्रहरीले जनाएको छ । हतियारसहित उनलाई पनि पक्राउ गरेका छन् । पक्राउ परेका तामाङ्गलाई ईलाका प्रहरी कार्यालय लहानमा राखिएको छ ।

Top