राजमार्गमा यसरि ठाेक्किए गुडिरहेका गाडी एकअापसमा (भिडिअाेसहित)

मध्यान्ह १२ बजेकाे अासपासमा  सडकमा गुडिरहेका गाडीहरू एक पछि अर्काे गर्दै एक अर्कामा ठाेक्किन थाले ।

अासपास रहेका मानिसले ती गाडीभित्र रहेका मानिसलाइ हतार हतार निकालि रहेका थिए  । मानिसकाे चिच्याहाटले केहि समय उक्त राजमार्गमा सन्त्रास उत्पन्न गराएकाे थियाे । तर एक पछि अर्काे तीब्र गतिमा गुडिरहेका गाडी बजारिन्दै थिए ।

याे घट्ना सुन्दा कुनै फ्लिमकाे दृश्य झै लाग्ला तर याे कुनै फ्लिमकाे घट्ना नभइ अाज भएकाे यथार्थ दुर्घटना हाे । भारतकाे अाग्रा मथुरा राजमार्ग अन्तर्गतकाे सडकमा अाज  दिउँसाे अनाैठाे दृश्य देखियाे । माैसम बदली संगै एक्कासी बाक्लाे हुस्सु लागेपछि अाज दिन भर अाग्रा मथुरा राजमार्ग हुँदै गुडेका सवारी साधनलाइ  निकै कष्ट भयाे ।

माथिकाे घट्ना पनि बाक्लाे हुस्सुकै कारण भएकाे हाे । दुर्घटनामा के कति मानवीय क्षति भयाे भन्ने विवरण भने अाइसकेकाे छैन । भारतमा दैनिक सवारी दुर्घटनाका कारण दर्जन भन्दा बढीले ज्यान गुमाउने गरेका छन् ।

भिडिअाेः

प्रकाशित मितिः २०७४,कार्तिक २२

Top