युगान्डामा देखियो नयाँ रोगः ३ काे मृत्यु, हाे के ?

एजेन्सी, २२ कात्तिक– अति दुर्लभ रोगका कारण युगान्डा तथा केन्याका तीन जनाको मृत्यु भएको छ । उत्तरी युगान्डाको केविन राज्यमा एउटै परिवारका तीन जनाको मृत्यु भएको हो ।

उनीहरुको मृत्यु मारवर्ग नामक भाइरसको संक्रमणका भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । डब्लुएचओका अनुसार मारवर्ग भाइरस इबोलसित सम्बन्धित छ । यी दुवै भाइरस ‘फिलोभाइरस’ प्रजातीको हो र यसको मृत्युदर उच्च छ । मारवर्ग भाइरसकै कारण ८८ प्रतिशत मृत्यु हुनसक्छ ।

यो रोग गत अक्टोवर १९ मा पत्ता लागेको थियो । चमेरोबाट मानिसमा सर्ने यो रोग एउटा व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्छ । मानिसको थुुकर्, याल, पसिना तथा स्पर्शको माध्यमबाट पनि यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्छ ।

यो रोग लागेको दुई दिन देपखि २१ दिन भित्रमा लक्षण देखा पर्ने गर्छ । जसलाई चिकित्सकीय भाषामा इन्क्युवेशन पिरियड पनि भन्ने गरिन्छ ।

Top