काभेः ट्रिपरको ठक्करबाट बालकको मृत्यु

काभ्रे, २२ कार्तिक – काभ्रेको पाँचखालमा आज विहान ट्रिपरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।

बा ४ ख ३२६८ नम्बरको ट्रिपरले पाँचखालको तामाघाटमा ठक्कर दिँदा स्थानीय प्रेम कुँवरका ५ वर्षीय छोरा राम कुँवरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बनेपाका प्रमुख शेखरजंग मल्लले जानकारी दिनुभयो ।

बालकको मृत्युपछि स्थानीयबासीले अरनिको राजमार्ग अवरुद्ध पारेका छन् । सडक खुलाउने विषयमा वार्ता जारी रहेको र दुर्घटनामा संलग्न गाडी तथा त्यसका चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Top