टेक्सस गोलीकाण्डः सासुसँग झगडा परेपछि गोली चलाए

एजेन्सी, २१ कार्तिक – अमेरिकाको टेक्ससमा रहेको एक चर्चमा अन्धाधुन्ध गोली चलाउने डेविन प्याट्रिक केलीको गोली चलाउनुअघि सासुसँग झगडा परेको अधिकारीले बताएका छन् ।

स्थानीय समय अनुसार आइतबार आइतबार बिहान साढे ११ बजे प्याट्रिकले अन्धाधुन्ध गोली चलाउँदा २६ जनाको मृत्यु भएको थियो । घटनामा अरु २४ जना घाइते भएका छन् । आइतबारको नियमित प्राथनाका लागि मानिस जम्मा भएका बेला प्याट्रिकले टेक्सासको विल्सन काउन्टीमा रहेको चर्चमा अन्धाधुन्ध गोली चलाएका हुन् ।

प्याट्रिकले रंगभेदी मनसाय वा धार्मिक कारणले गोली नचलाएको स्थानीय अधिकारीले बताएका छन् । पारिवारिक कारणले प्याट्रिकले चर्चमा अन्धाधुन्ध गोली चलाएको खुलेको स्थानीय अधिकारीले बताएका छन् ।

परिवार तथा उनको श्रीमतीको परिवारसँग विवाद भएकाले उनले गोली चलाएको खुलेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

Top