छुट्टा-छुट्टै दुर्घटनामा २ जनाको मृत्यु

काठमाडौं, २१ कार्तिक – नुवाकोटमा गएराति एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको तादी गाउँपालिका–४ सुन्दरादेवीको बाह्रबिसेमा एम्बुलेन्स दुर्घटना हुँदा मकवानपुर मनहरीका सन्दीप भारतीको मृत्यु भएको हो ।

समुन्द्रटारबाट काठमाडौँतर्फ आउदै गरेको बा १६ च ८९७ नंं को एम्बुलेन्स दुर्घटना हुँदा भारतीको घटनास्थलमा नै मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ । एम्बुलेन्समा तीनजना चढेर काठमाडौँ आउन लागेको भएपनि दुर्घटनापछि बाँकी दुईजना सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।

ट्रकको ठक्करवाट एकको मृत्यु
सुनसरीको भोक्राहा गाउँपालिका–४ मा हिजो साँझ भारतीय ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भोक्राहा गाउँपालिका–१ का रामकुमार बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको पिबी ०५ वाई ९९२९ नंको भारतीय ट्रकले सोही दिशाबाट जाँदै गरेको को ११ प १६९५ नंम्वरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार रामकुमारको मृत्यु भएको हो । मोटरसाइकलमा सवार एकजना घाइते भएका छन् ।

घाइते हुनेमा डिल्ली बुढाथोकी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिनुभएको छ । घाइतेको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।

Top