टेक्ससमा गोली चल्दा २६ जनाको मृत्यु

एजेन्सी, २० कार्तिक – अमेरिकाको टेक्सस राज्यस्थित सदरल्याण्ड स्प्रिङ्ग्स नगरको एउटा बाप्टिस्ट गिर्जाघरमा गोली चल्दा २६ जनाको मृत्यु भएको छ ।

स्थानिय समयअनुसार बिहान करिब साढे ११ बजेतिर गिर्जाघरमा एक बन्दुधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा २६ जनाको मृत्यु भएको हो । घटनामा अन्य कयौँ घाइते भएको बीबीसीले जनाएको छ ।

घटनापछि बन्दुकधारी पनि माारिएको बताइएको छ । यद्यपी उनको मृत्यु कसरी भयो भन्ने स्पष्ट भइसकेको छैन । बन्दुकधारीको परिचय र घटनाको कारणबारे एफबीआइले अनुसन्धान गरिरहेको छ ।

गत अक्टोबरमा लास भेगसमा ५८ जनाको मृत्यु हुनेगरी गराइएको गोलीकाण्डपछि पछिल्लो घटना भएको छ ।

Top