पाटन दरवारको पुनःनिर्माण पचाँस प्रतिशत सम्पन्न

काठमाडौं – विश्व सम्पदा सूचीमा सूचीकृत पाटन सम्पदा क्षेत्रमा भूकम्पमा क्षतिग्रस्त भएका संरचनाको पुनःनिर्माण काम पचास प्रतिशत सकिएको छ ।

सुन्दरीचोकको पूर्वी भाग, दक्षिणी तलेजु, योग नरेन्द्र मल्लको शालिक, भीमसेन मन्दिर अगाडिको सिंह स्तम्भ र बहादुर शाहको बैठक भवनको पुनःनिर्माण सकिएको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले जानकारी दिनुभएको छ ।

काठमाडौँ उपत्यका संरक्षण कोषले यस क्षेत्रमा पुनःनिर्माणको काम गरिरहेको छ ।

Top