‘फाटेको जुत्ताद्वारा नयाँ जुत्ता प्रदान’

काठमाडौं, १२ कात्तिक– कात्तिक १७ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको वर्षको प्रतिक्षीत फिल्म ‘फाटेको जुत्ता’ले प्रचार–प्रसारलाई तिब्रता दिएको छ । फिल्म निर्माण पक्षले प्रचार–प्रसारलाई बलियो बनाउन ‘स्किम’ समेत ल्याएको थियो ।

फाटेको जुत्ताको फोटो फेसबुकमा पोस्ट गरेर ट्याग गर्ने २ सय ५० जनालाई हरेक हप्ता नयाँ जुत्ता उपहार दिने निर्माण पक्षले घोषणा गरेको थियो । सोहि ‘स्किम’ अनुसार शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरेर बिच २ सय ७५ जनालाई जुत्ता प्रदान गरिएको छ । नायक सौगात मल्ल र नायिका वर्ष राउतले नयाँ जुत्ता प्रदान गरेका हुन ।

फिल्मका निर्माता अर्जुन कुमारका अनुसार, कार्यक्रममा फाटेको जुत्ता लगाएर आउने व्यक्तिलाई पनि नयाँ जुत्ता दिइएको थियो । फिल्ममा समावेश ’आई एम सरी’ बोलको गीत र ट्रेलरले यतिबेला सिनेबजारमा निकै चर्चा पाएको छ ।

Top