फिदिममा लिम्बुनी गाउँको चर्चा

सरोज शर्मा
पाँचथर, ११ कात्तिक – पाँचथरको फिदिममा आयोजित साहित्यीक कार्यक्रममा राज माङलाकद्धारा लिखित कबिता कृति लिम्बुनी गाउँको चर्चा गरिएको छ । पछिल्लो समय चर्चामा रहेको कृतिका बारेमा साहित्य सर्जक सगुन सुसारा, प्रेम ओझा र मुनराज शेर्माले कृतिका बारेमा बोले ।

पुस्तकका बारेमा बोल्दै साहित्यकार मुनराज शेर्माले लिम्बुनी गाउँ पुर्वीय माटोको सुगन्ध भएको बताए । पुर्वमा पनि लिम्बु जातीको रहन सहन, भाषा संस्कृति टिपेर कबिले माला बनाएको शेर्माको भनाई छ ।

नेपालि सहित्यको नयाँ प्रयोग त्तरवर्ती सोचका अभियन्ता माङलाकको कृतिलाई उक्त सोचमा आएको दोस्रो कृति मानिन्छ । पाँचथर गजल मञ्चको आयोजना भएको कार्यक्रममा एक दर्जन शर्जकले रचना बाचन गरेका थिए ।

गजल मञ्चका अध्यक्ष दिपक खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन बिवस बेनामले गरेका थिए ।

Top