अधिकांश नीजि विद्यालय आजबाट सञ्चालनमा

काठमाडौं, ६ कार्तिक – तिहार सकिएसँगै अधिकांश नीजि विद्यालयहरु आजबाट सञ्चालनमा आएका छन् । दसै र तिहारको अवधीमा बन्द रहेका विद्यालय आजदेखि सञ्चालनमा आएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)ले जनाएको छ ।

प्याब्सनका अनुसार राजधानी र राजधानीबाहिरका अधिकांश विद्यालय सञ्चालनमा आएका छन भने आज सञ्चालनमा नआएको विद्यालयहरु भने भालिदेखि मात्रै खुल्ने छन् ।

दसै र तिहारका अवधीमा नीजि विद्यालयहरु विगत देखि नै बन्द हुने गरेका छन् । आजदेखि विद्यालय खुलेपनि सबै विद्यार्थीहरु भने आइसकेका छैनन् ।

Top