गायन र अभिनयमा उम्दा निरुताको यसरी चुलिदै छ चर्चा

काठमाडाैं, २१ असाेज –  सुन्दर अनि आकर्षक शरीरकी धनी उनको सुन्दरताको मापन गर्ने यन्त्र हुदो हो त उनी बाहेक अरु प्रतिस्पर्धामा रहने सम्भावना कमै मात्र हुन्थ्यो ।

रुपले मात्र धपक्क बलेकी छैनन् उनी । उनको कला अझ बढी चम्किलो छ। आफु त सुन्दर छदै छिन अरुलाई पनि बाहिरी सुन्दरतामा ढाल्न उनि उत्तिकै पोख्त छिन ।

हो उनै पोख्त कलाकार निरुता क्षेत्री गायनका साथै मोडलिंगमा जम्दै मात्र छैनन्,स्थापित हुने अन्तिम कसरतमा होमिएकी छिन। आधा दर्जन गीतमा उनले सुरिलो स्वर भरिसकेकी छिन । अभिनयमा उम्दा ठहरीएकी निरुताले दर्जनौ गीत र म्युजिक भिडियोमा तिख्खर अभिनय पस्किएकि छिन ।

Top