चिकित्सकको आन्दोलनले बिरामी मर्कामाः आज पुनः वार्ता

काठमाडौं, ११ असोज – सरकारले माग पुरा नगरेको भन्दै चिकित्सकहरुले आन्दोलन नरोकेपछि सरकारले छलफल गर्ने भएको छ ।

आज कार्यवाहक प्रधानमन्त्री, स्वास्थ्य मन्त्रीले चिकित्सकका मागका विषयमा छलफल गरि चिकित्सकसँग वार्ता गर्ने तयारी गर्नु भएको छ । बिहान १० बजेपछि छलफल हुने स्वास्थ्य मन्त्रीको सचिवालयले जनाएको छ । चिकित्सकको आन्दोलनले बिरामी मर्कामा परेका छन् । देशभरीका अस्पतालमा आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द छन् ।

अस्पतालमा भर्ना भएका बिरामीको समेत उपचार प्रभावित भएको छ । सरकारले लापरबाहीले बिरामीको मृत्यु भए त्यसको क्षतिपूर्ति चिकित्सकले तिर्नुपर्ने निर्णय गरेपछि चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् ।

चिकित्सक संघले दशै विदामा समेत आन्दोलन नरोक्ने बताएको छ ।

Top