सात लाख भुकम्प पीडितको दसैं टहरामै

काठमाडौ, ६ असोज- २०७२ वैशाख १२ को भुकम्पले घर भत्केपछि टहारामा बसिरहेका सात लाख भुकम्प पीडितको दसैं योपटक पनि टहरामै बित्ने भएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सिईओ गोविन्दराज पोखरलेलले दसैंअघि डेढ लाख भुकम्पपीडितलाई टहराबाट घरमा भित्र्याउने भोषणा गरेका थिए ।

बिहीबार घट्स्थापनासंगै बडादसैै सुरु भए पनि घोषणा गरेमध्ये आधा घर पनि बेनन् । प्राधिकरणको तथ्यांकअनुसार बुधबारसम्म घर निर्माण सम्पन्न गर्ने लाभग्रााहीको संख्या ४८ हजार नौ सय २६ पुगेको छ ।

आजको नागरिकमा खबर छ ।

Top