राजनीतिक दलको पितृसत्तात्मक सोचकै कारण निर्णायक तहमा महिला पुग्न सक्दैनन्ः सांसद चाैधरी

काठमाण्डाैं ।   सांसद तथा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटकीअध्यक्ष रुक्मिणी चौधरीले राजनीतिक दलको पितृसत्तात्मक सोचकै कारण निर्णायक तहमा महिला सहभागिता न्यून रहेको बताउनु भएको छ ।

नेपालवाणी नेटवर्कको कार्यक्रम बराबरीमा कुराकानी गर्दै अध्यक्ष चौधरीले महिलाहरु केहि गर्न सक्दैनन् भन्ने सोच राजनीतिक दलको नेतृत्वमा हावी भएकाले नीति निर्माणको तहमा महिला सहभागिता न्यून रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जबसम्म महिलालाई दबाएरै राख्नुपर्छ भन्ने सोच रहिरहन्छ, तबसम्म महिलाहरु निर्णायक तहमा पुग्न सक्दिैनन्, यसको विरुद्धमा महिला नेतृत्व उभिनु जरुरी छ ।’

उहाँसंग नेटवर्ककी पत्रकार सुनिता न्यौपानेले गरेको कुराकानीकाे पूर्ण भागः

Top