संघियता सफल भएको दिन सार्वजनिकरुपमै क्षमायाचना गर्न तयार छुः संविधानविद् आचार्य

काठमाडौ । स‌ंविधानविद् डा. भीमार्जुन आचार्यले नेपालमा संघियता सफल भएको दिन सार्वजनिकरुपमै क्षमा याचना गर्ने बताएका छन् । वर्तमान संविधानले परिकल्पना गरेको संघियता सफल हुँदैन भन्ने मान्यता राख्ने आचार्यले नेपालवाणी नेटवर्कसँग कुरा गर्दै सफल भएको दिन सार्वजनिकरुपमै क्षमायाचना गर्न तयार रहेको पनि बताए ।

अहिले पनि संघियता लगाएतका एजेण्डाहरु संस्थागत हुन चुनौति देखेका आचार्यसँग नेपालवाणी नेटवर्ककी पत्रकार सृजना घिमिरेले कुरा गरेकी थिइन ।

Top