धरहरा पुनः ठडिने विषयमा आशङ्का

काठमाडौं, १८ भदौं – भूकम्पका कारण ढलेको धरहरा पुनः ठडिने विषयमा आशङ्का बढ्न थालेको छ । मध्य काठमाडौँमा ठडिएको ऐतिहासिक धरहरा राजधानीको शानका रूपमा रहेको थियो ।

सोही शानलाई कायम राख्न सरकारले ‘मै बनाउँछु मेरो धरहरा’ भन्ने अभियान सुरु गरे पनि एकपछि अर्को विवाद निस्कँदा धरहरा पुनः ठडिएला कि नठडिएला भन्ने विषयमा आशङ्का बढेको हो ।  भूकम्पका कारण भत्किएका प्राचीन स्मारकमध्ये एक धरहरा राष्ट्रिय गौरव र शानका लागि नेपालीबाटै रकम जुटाउने र अपुग रकम नेपाल टेलिकमले बेहोर्ने प्रारम्भिक छलफल भए पनि पछिल्लो समयमा टेलिकम पछाडि हटेको छ ।

टेलिकमले धरहरा निर्माणका लागि राखेका सर्त पुरातत्व विभागले स्वीकार गर्न नसक्ने बताएपछि टेलिकम धरहरा पुनः ठड्याउने योजनाबाट पछि हटेको हो । आजको गोरखापत्रमा खबर छ ।

Top