ए मेराे हजुर २ काे दुर्इ दिने कलेक्सन कति ? थाहा पाउँनलार्इ हेर्नुहाेस

काठमाडाैं, १८ भदाै ।
शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ए मेरो हजुर २ ले दुई दिनमा दुई कारोड बढी कलेक्सन गरेको छ । प्रदर्शनको पहिलो दिन देशभरबाट कूल ७८ लाख ७१ हजार कलेक्सन गरेको फिल्मले दोस्रो दिन राजधानीबाट ८७ लाख ७५ हजार र बाहिरबाट ७२ लाख ५५ हजार कलेक्सन गरेको थियो । फिल्मले दुईदिनमा कूल २ करोड ३९ लाख १ हजार कलेक्सन गर्न सफल भएको छ ।

प्रदर्शनमा आएको दिनबाट बम्पर ओपनिङ सुरुवात गरेको फिल्मले आज पनि सार्वजनिक विदाका कारण बिहानैदेखि सिनेमा घरहरुमा दर्शकहरुको राम्रोे साथ पाएको छ । प्रदर्शन देखिनै फिल्मले समिक्षात्मक रुपमा उत्कृष्ट प्रतिक्रिया पाएको छ ।

मोफसल वितरणको जिम्मा लिएका वितरक केदार पराजुलीले काठमाण्डौ बाहिरका सबै हलमा फिल्मले रेकर्ड ब्रेक विजनेश गरेको बताउनु भयो । उहाँले अहिलेसम्म कुनैपनि नेपाली फिल्मले मोफसलबाट एकदिनमा ७२ लाख ५५ हजारको कलेक्सन नगरेको बताउनु भयो ।

झरना थापा निर्दे्शित यो फिल्ममा सलोन बस्नेत, साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनिया, अम्बर सुवेदी, अनुभव रेग्मी, अजश्र ढुंगाना, वुद्धि तामाङ, अनुराग कुँवर लगायतका कलाकारहरुको अभिनय छ । फिल्म हेरेपछि दर्शकले यसको संगीत, कलाकारको अभिनय, पटकथा, संवाद र कमेडी पाटोलाई मन पराएका छन् । नायक सलोन बस्नेतको अभिनयलाई सबैभन्दा धेरै रुचाइएको छ ।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाले निर्माण गरेको फिल्मको कथा हरिहर अधिकारीले लेखेका हुन् भने फिल्मको पटकथा सामीप्यराज तिमल्सेनाको हो । फिल्मलाई सन्जय लामाले खिचेका हुन् । बसन्त सापकोटाको संगीत रहेको फिल्ममा बसन्त अधिकारी सहायक निर्देशकको रुपमा रहेका छन्।

Top