युवा कवि नवराज पराजुलीलाई पद्मश्री पुरस्कार

काठमाडाै, १५ भदाै ।
युवा कवि नवराज पराजुलीको पहिलो कविता संग्रह ‘सगरमाथाको गहिराईले यस वर्षको पद्मश्री पुरस्कार पाउने भएको छ । कविता वाचनमार्फत लाखौं समर्थक बढुलेका कवि पराजुलीको ‘सगरमाथाको गहिराई’मा सानाठूला ३६ कविता समावेश छन् । पुरस्कारको राशी २ लाख रुपैयाँको छ । खेमलाल–हरिकला प्रतिष्ठानले प्रदान गर्ने यस पुरस्कार २०६२ सालमा स्थापना भएको थियो ।

प्रतिष्ठानले पद्मश्री पुरस्कार सँगसँगै पद्मश्री साधना सम्मान पनि दिँदै आएको छ । २०७३ सालको यस सम्मान रोचक घिमिरे र नगेन्द्रराजशर्माले सयुक्त रुपमा पाएका छन् । प्रतिष्ठानका संरक्षक जीवा लामिछानेले प्रतिष्ठानमार्फत् राम्रा सर्जक र सिर्जनाहरुलाई प्रोत्साहन गर्न पाउँदा आफूलाई गौरवको महशुस भएको बताउनु भयो । पुरस्कार र सम्मान आगामी दशैंको कोजाग्रत पूणिर्माको दिन दिइने छ ।

Top