व्यवसायीले भने, दसैँका लागि नयाँ गाडी थप्दैनौं (अडियाे सहित)

काठमाडौं ।  यातायात व्यवसायीले यसपालिको दसैँका लागि नयाँ गाडी नथप्ने भएका छन् । पुराना गाडीकै मर्मत गरेर दसैँमा सञ्चालन गर्ने तयारी भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला जानकारी दिनुभयो ।

उहाका अनुसार लगानीको वातारण नबनेपछि नयाँ गाडी खरिद गर्न नसकेकाले दसंैमा गाडी नथपिने भएको हो । दसैँ आउन एक महिना मात्र बाँकी रहेपनि सरकारसँग कुरा नमिलेको भन्दै महासंघले अझै टिकट बुकिङ खुलाएको छैन । लामो रुटका गाडीको भाडादर पुरानै भएकाले वैज्ञानिक भाडादर समायोजन गर्नुपर्ने महासचिव सिटौलाले बताउनुभयो ।

इन्धनको भाउ घट्नासाथ भाडा घटाउने गरिएको तर गाडीको पार्टपुर्जा र लुब्रिकेन्ट्सको भाउ बढेका आधारमा भाडा नबढ्दा मर्का परेको उहाँको भनाई छ । व्यवसायीले दसैँमा चल्ने गाडीको छत सामान राख्न पाउनुपर्ने माग गरेका छन् । बसभित्र सामान राख्दा कोचाकोच हुने हुँदा छतमा सामान राख्न पाउनुपर्ने व्यवसायीको तर्क छ ।

सरकारले अहिले छतमा यात्रु र कुनै पनि सामान राख्न रोक लगाएको छ ।

 

 

Top