संस्कृतिविद् जोशीलाई सम्मान

काठमाडौँ, ६ भदौ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वाङमय शताब्दी पुरुष डा सत्यमोहन जोशीलाई दोसल्ला ओढाएर सम्मान गरेको छ ।

काठमाडाैंमा आज आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीतेन्द्रनारायण देवले उहाँलाई सम्मान गर्दै जोशीले नेपाली भाषा, साहित्य र संस्कृतिको अनुसन्धानमा जोशी सक्रिय भई सिर्जनात्मक लेखनको माध्यमबाट नेपाली साहित्य र संस्कृतिको अभिवृद्धि गरेको बताउनुभयो ।

संस्कृतिविद् जोशीले नेपाली कला संस्कृतिका विभिन्न विशिष्टता रहेको र त्यसलाई अन्तरराष्ट्रिय तहमा पु¥याउन सकेमा यसले नेपाल र नेपालीको गौरब बढाउने विचार व्यक्त गर्नुभयो ।

सोही मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीले नेपाली संस्कृतिको गरिमालाई जोशीले उचाइमा पु¥याएकाले पहिलो पटक उहाँलाई सो उपाधिबाट सम्मान गरिएको बताउनुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले मुलुकको इतिहास, भाषा, कला तथा संस्कृतिले मानव सभ्यताको विभिन्न चरणकाबारे अनुसन्धान गर्न सकिने हुँदा यिनको संरक्षण गर्न मन्त्रालयले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

Top