मोतीराम भट्टको १ सय ५१ औं जन्मजयन्ती मनाईदैं

काठमाडौं, ५ भदौ ।

नेपाली साहित्यका बिशिष्ठ ब्यक्ति मोतीराम भट्टको १ सय ५१ औं जन्मजयन्ती बिभिन्न कार्यक्रम गरी आज मनाईदैंछ । नेपाली साहित्यमा युवा कविको रुपमा स्थापित भट्ट बि.स १९२३ कुशे औंशीका दिन जन्मनुभएको थियो । १९५३ सालको कुशे औंशी कै दिन ३० बर्षको उमेरमा निधन भएको थियो ।
भट्टले आदिकवि भानुभक्त आचार्यका जीवनी प्रकाशन गर्नुका साथै नेपालमा पहिलो पटक छापाखाना समेत भित्र्याएका थिए । मोतीजयन्तीका अवसरमा आज बिभिन्न साहित्यिक प्रतिष्ठानहरुले बिभिन्न साहित्यीक कार्यक्रम आयोजना गरेका छन् ।

Top