नेपाली चलचित्र ‘धने’को शुटिङ हुँदै

काठमाडौ, ३२ साउन  – तनहुँको शुक्ल गण्डकी १ काप्रेक गाउँमा चलचित्र धनेको सुटिङ सकाएर निर्माण टोली काठमाडौँ फर्किएको छ ।

काठमाडौँ आइपुगेको निर्माण टोली अहिले बर्षाका कारण सुटिङ स्थगन गर्न बाध्य भएको हो । चलचित्रले नाम अनुसारको मानिसको स्वभाव वा हैसियत हुँदैन भन्ने सन्देश प्रवाह गर्ने बताइएको छ ।

जसको धन छैन उसको नाम धनेमा यो चलचित्र आधारित रहेको छ । चलचित्रको मुख्य पात्रले आफ्नो नाम अनुसारको आफ्नो हैसियत किन भएन भन्ने प्रश्नको जवाफ खोज्ने क्रममा भोग्ने आरोह अवरोहलाई यो चलचित्रको मुख्य विषय बनाइएको छ ।

चलचित्रमा अनुता गुरुङ, भेष गुरुङका साथमा डेब्यू कलाकार सुरज गुरुङको मुख्य भूमिका रहनेछ । सुरज रंगमञ्चबाट आएका कलाकार हुन् । चलचित्रमा कलाकारलाई वास्तविकरुपमा प्रस्तुत गर्नका लागि निर्माण पक्षले मेकअप गराएको छैन ।

वेव्स क्रियसनको निर्माणमा बनिरहेको चलचित्रमा प्रितम गुरुङको निर्देशन रहेको छ । चलचित्र आगामी ल्होसारमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।

Top