बलियो प्रजातान्त्रिक शक्ति बनाउन सकिएनः नेता लिङदेन

काठमाडौं – एकता भएको ९ महिना नबित्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा कसले नेतृत्व गर्ने भन्ने विषयमा अध्यक्ष कमल थापा र वरिष्ठ नेता पशुपति सम्शेर राणा विच कुरा नमिल्दा विभाजित भएको छ ।

पार्टी विभाजनका विषयमा नेपालवाणी नेटवर्कसंग कुरा गर्दै राप्रपाका नेता राजेन्द्र लिङदेनले यो दुर्भाग्यपुर्ण अवस्था आउन नदिन आफुहरुले हरसम्भव प्रयास गरेको बताउदै, यो क्षणलाई शक्तिको रुपमा प्रयोग गर्दै पार्टीलाई बलियो बनाउदै लैजाने बताउनु भएको छ ।

उहाँले राप्रपा एकिकरण देशलाई बलियो प्रजातान्त्रिक शक्ति दिनका लागि गरिएको भएपनि त्यसलाई व्यवहारमा उर्तान नसकिएको बताउनुभयो । आफ्नो पार्टीले औपचारिक निर्णय गर्न नपाउदै वरिष्ठ नेता पशुपतिसम्शेर राणाले संविधान संसोधन तथा सरकारमा सहभागीता विषयमा विभिन्न संचारमाध्यमहरुमा आफ्नो धारणा राख्दै आउदापनि पार्टीमा विभाजन आउन नदिन उहाँको धारणामा आम कार्यकर्ताको समर्थन नहुदापनि आफुहरुले समर्थन गरेको बताउनुभयो ।

यसैबीच पार्टी फुटेको विषयमा छलफल गर्न अध्यक्ष कमल थापाको नेतृत्वमा रहेको केन्द्रीय समितिको बैठक आज बस्दै छ । दिउँसो बस्ने बैठकमा पार्टी फुट्नुका कारणका बारेमा छलफल हुने नेताहरुले बताएका छन् ।

Top