‘फोरमसँंगको एकता अध्याय अझै सकिएको छैन’ (अडियो सहित)

काठमाडौं, १४ साउन – नयाँ शक्ति पार्टीका नेता खिमलाल देवकोटाले संघिय समाजवादी फोरमसंगको एकता अध्याय नसकिएको वताउनु भएको छ ।

नेपालवाणी नेटवर्क संग कुरा गर्दै नेता देवकोटाले राजनितिमा कसैसंगपनि ढोका वन्द गरेर अगाडी वढ्न नसकिने भन्दै फोरमलाइ पराम्परागत शक्ति भन्नुको कुनै औचित्य नभएको वताउनु भयो । नयाँ शक्ति पार्टीका संयोजक वावुराम भटराईले समाजवादी फोरमसंग एकताको अध्याय सकिएको घोषणा गरिरहदा नेता देवकोटाले यस्तो वताउनु भएको हो ।

संयोजक भटराईले वैचारिक राजनितिक कुरादेखि संगठनात्मक विषयमा सहमति नभएपछि फोरमसंग लामो समयदेखि चल्दै आएको एकताको अध्याय अव सकिएको वताउनु भएको छ ।

 

Top