भुइमान्छेको नयाँ गीत रिलिज

काठमाडौ ।  फिल्म भुइँ मान्छेको नयाँ गीत रिलिज गरिएको छ । सार्वजनिक पर्दा भो को गीतमा फिल्मका मुख्य तीन पात्र रमेश बुढाथोकी , सिपोरा गुरुङ र सहिन प्रजापतिलाई देखाइएको छ । रिलिजका लागि केहि साता मात्र बाकी रहदा फिल्म युनिटले दोस्रो गीत सार्वजनिक गरेको हो । सर्वाजनिक गीतमा शब्द महेश पौड्याल , संगीत जुगल डंगोल र स्वर शिव परियारको रहेको छ ।

नवराज बुढाथोकीको लेखन तथा निर्देशनमा तयार भएको यस फिल्मलाई रोहिणी भट्टराई, निरुपा राज्य लक्ष्मी थापा , हरि यादव लगायतले निर्माण गरेका हुन । फिल्म आउदो भाद्र २ देखि रिलिज हुनेछ ।

 

Top