पुनःनिर्माणको जिम्मा स्थानीय सरकारलाई दिनुपर्नेमा विज्ञहरूकाे जोड

काठमाण्डाैं, २० जेठ ।  भूकम्पपछिको पुनःनिर्माणको जिम्मा स्थानीय सरकारलाई दिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । आज काठमाण्डौंमा आयोजित एक कार्यक्रममा स्थानीय तहको बारेमा स्थानीय तहलाई ज्ञान भएकाले भूकम्पको पुनःनिर्माण स्थानीय तहलाई दिनुपर्नेमा विज्ञहरुले जोड दिएका हुन् ।

कार्यक्रममा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) का कार्यकारी निर्देशक डा आमोदमणि दीक्षितले प्रविधियुक्त बलियो घर निर्माणलाई सरकारले प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

उहाँले छिमेकीमुलुकको पुनःनिर्माणलाई अनुशरण गरेर नेपालको पुनःनिर्माणलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

यस्तै राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका विज्ञ सदस्य डा चन्द्रबहादुर श्रेष्ठले हरेक स्थानीय तहमा पुनःनिर्माणका लागि आवश्यक विज्ञ समूह खटाएर पुनःनिर्माणको कामलाई प्राधिकरणले तीव्रगतिमा गर्न लागेको बताउनुभयो ।

नेपाल पर्यटन बोर्डका प्रमुख दीपकराज जोशीले भूकम्पले क्षति पु¥याएका पर्यटकीय संचरनालाई चाँडो पुनःनिर्माण गरी धेरै भन्दा धेरै पर्यटकलाई भित्र्याउनुपर्ने बताउनुभयो ।

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले विश्व सम्पदामा सूचीकृत भएका सांस्कृतिक सम्पदाको पुनःनिर्माणका लागि प्राधिकरणले विशेष ध्यान दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।

Top