दश वरिष्ठ स्रष्टालाई प्रज्ञा ‘हीरक’ सम्मान

काठमाण्डाैं, ६ जेठ । नेपाल प्रज्ञा प्रतिष्ठानले १० जना वरिष्ठ साहित्यकारहरुलाई सम्मान गरेको छ । प्रतिष्ठानले आफ्नो हीरक जयन्तिको अवसर पारेर आज एक कार्यक्रमका बीच नेपाली साहित्यमा योगदान पुर्याएका १० जना वरिष्ठ साहित्यकाहरुलाई सम्मान गरेको हो ।

नगद १ लाखसहित सम्मानित हुनुहुने वरिष्ठ साहित्यकारहरुमा आनन्ददेव भट्ट, चूडामणि रेग्मी, जसराज किराँती, डा. तारानाथ शर्मा, तेजेश्वर बाबु ग्वंग, दीपेन्द्रनारायण मिश्र, नारायणप्रसाद शर्मा, रमा शर्मा, शंकरनाथ रिमाल र शान्तदास मानन्धर रहनु भएको छ ।

विभिन्न विधामा रही नेपाली साहित्यमा अतुलनीय योगदान दिनु भएकाले १० जना वरिष्ठ साहित्यकारहरुलाई नगद १ लाखसहित सम्मान गरिएको प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतिले जानकारी दिनु भयो ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले सरकारले नेपाली भाषा, साहित्य, कला र संस्कृतिको विकासमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषा, साहित्य र कला क्षेत्रको विकासका लागि विभिन्न गतिविधि संचालन गर्दै आएको छ ।

Top