मत्स्येन्द्रनाथको जात्रा आजदेखि

काठमाडौं, १७ वैशाख – रातो मत्स्येन्द्रनाथको रथ तान्ने जात्रा आजदेखि सुरु हुदैछ । जात्राको सम्पूर्ण तयारी पूरा भईसकेको गुठी संस्थान ललितपुरले जनाएको छ । हिजो पुलचोकमा रथअघि ललितपुरका तत्कालिन राजा सिद्धिनरसिहका सन्तान भनिने टंगलका मल्लहरुले मत्स्येन्द्रनाथका तर्फबाट गाई दान गरेका थिए ।

जात्रा निविघ्न सम्पन्न हो, भन्ने कामनासहित अक्षय तृतीयको दिन गाई दिन गर्ने प्रचलन गरेको छ । जात्राको पहिलो दिन आज रथलाई बाजागाजाका साथ पुल्चोकबाट गाःबहालमा पुर्याईनेछ ।  उक्त अवसरमा मत्स्येन्द्रनाथका बाबु भनिने मीननाथलाई पनि चक्रबहीबाट सानो रथमा राखेर गाःबहाल पुर्याईनेछ ।

पुल्चोकमा रथारोहणसँगै सुरु भएको जात्रा जावलाखेलमा भोटो देखाई मत्स्येन्द्रनाथको सानो खटमा राखी बुङमती पुर्याएपछि सम्पन्न हुनेछ ।

Top