आठ रात नौ दिनसम्म मनाइने भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सुरु

काठमाडौं, २८ चैत – आठ रात नौ दिनसम्म मनाइने तान्त्रिक महत्व बोकेको भक्तपुरको प्रसिद्ध  ऐतिहासिक एवम् सांस्कृतिक महत्व बोकेकोे बिस्केट जात्रा आज देखिसुरु हुदैछ । लिच्छवीकालीन जात्रा नयाँ वर्षको चार दिन अगाडिदेखि सुरु भई नयाँ वर्षको पाँच दिनपछिसम्म सञ्चालन हुने बिस्केट जात्रा भक्तपुरका बासिन्दाले आठ रात नौ दिनसम्म धुमधामका साथ मनाउने गर्दछन् ।

बिस्केट जात्राको पहिलो दिन आज भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सुरु हुने परम्परा छ ।  विक्रम संवत्तअनुसार सौह्रमासका आधारमा लिच्छवीकालभन्दा अघिदेखि चलिआएको विश्वप्रसिद्ध बिस्केट जात्रामा तान्त्रिक विधिअनुरूप निर्माण गरिएको भैरवको रथ तौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्र र तल्लो क्षेत्रका बासिन्दाले आ–आफ्नो क्षेत्रमा तान्ने परम्परा छ ।
मुख्यगरी चैत्र मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाउने र वैशाख १ गते साँझ लिङ्गो ढाल्ने गरिन्छ ।

प्रत्येक वर्षको वैशाख ५ गते जात्राको अन्तिम दिन भएकाले यो दिन प्रसिद्ध पाँचतले मन्दिरस्थित तौमढीे भैरवको रथ तानेर पाँचतले मन्दिरको पश्चिम कुनामा राखी बेताली भैरवको मुख्य देउतालाई पूजा गरी भैरव मन्दिरमा भित्र्याएपछि तान्त्रिक विधिअनुरूप पूजा गरी जात्रा सम्पन्न गरिन्छ ।

यसैबिचः जात्रा अवधिभर प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको प्रमुख जिल्ला अभिकारी द्रोण पोखरेलले जानकारी दिनुभयो । जात्राका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र जनपद प्रहरी गरी एक हजार १ सय प्रहरी परिचालन गरिने प्रहरी परिसर भक्तपुरकी प्रमुख किरण राणाले जानकारी दिनुभयो ।

Top