‘युरोपेली एकीकरण’ सबैभन्दा सफल शान्ति परियोजना : राजदूत रेन्चे टिरिङ्क

काठमाडौ । संयुक्त युरोपतर्फको पहिलो कदमको रुपमा रहेको रोम सन्धिमा हस्ताक्षर गरिएको आज २५ मार्चका दिन ६० वर्ष पुरा हुँदैछ | सन् १९५७ मा युरोपेली समुदाय गठन भए पश्चात युरोपियन युनियनका सदस्य राष्ट्रहरुका नागरिकहरुले विगत ६ दशकदेखि शान्ति, समृद्धि र सुरक्षाको अभूतपूर्व अनुभूति गर्दै आएका छन् | यो समयलाई २०औँ शताब्दीको पूर्वार्धसँग तुलना गर्दा प्रष्ट भिन्नता छुट्टयाउन सकिन्छ | सन् १९१४ र १९४५को बीचमा भएका दुई भयावह विश्व युद्धले लाखौँ मानिसहरुको ज्यान लिनुको साथैयुरोपेली महादेशलाई नै तहसनहसगरी विभाजित र अलपत्र बनायो | लामो समयसम्म युद्धमा होमिएका देशहरूका लागि युरोपेली एकीकरण इतिहासमा सबैभन्दा सफल शान्ति परियोजना सावित भएको छ। यस्तो अभूतपूर्व एकता युरोपेलीसमृद्धिको निर्देशकसमेत बन्यो ।

हामी समयको अनिश्चियतामा बाँचिरहेका छौँ तथापि रोम सन्धिको ६०औँ वार्षिकोत्सवको अवसरमा हामी युरोपको स्थापित मूल्य-मान्यता र उद्देश्यप्रति दृद्धता प्रकट गर्दै भविष्य तर्फ अभिलाषी र महत्वाकांक्षी कदम चाल्ने प्रतिबद्धता प्रकट गर्दछौँ |

सन् १९९४ मा सहकार्य सम्झौतामा हस्ताक्षर भएपश्चात नेपाल र युरोपेलीसंघ (ईयु)को साझेदारी अझ बलियो भएको छ | ग्रामीण विकास, स्वास्थ्य, शिक्षा, सम्पदा संरक्षण, व्यापार सहजीकरण र पुनर्निर्माण जस्ता विस्तारित क्षेत्रहरुमा सहयोगी रहँदै आएको ईयू नेपालको सबैभन्दा ठूलो द्विपक्षीय दातृ निकाय हो ।

सन् १९९४ मा सहकार्य सम्झौतामा हस्ताक्षर भएपश्चात नेपाल र युरोपेलीसंघ (ईयु)को साझेदारी अझ बलियो भएको छ | ग्रामीण विकास, स्वास्थ्य, शिक्षा, सम्पदा संरक्षण, व्यापार सहजीकरण र पुनर्निर्माण जस्ता विस्तारित क्षेत्रहरुमा सहयोगी रहँदै आएको ईयू नेपालको सबैभन्दा ठूलो द्विपक्षीय दातृ निकाय हो । हामी दिगो र समावेशी आर्थिक वृद्धि र सामाजिक न्याय प्रति समर्पित तथा प्रतिबद्ध छौं । यद्यपि नेपालमा हाम्रो सहयोग विकास कार्यमा मात्र सिमित छैन। विश्वको कूल गार्हस्थ्य उत्पादनको २२% हिस्सा ओगटेको युरोपेलीसंघ संसारको सबैभन्दा खुल्ला प्रमुख व्यापार क्षेत्र हो। सबै भूपरिवेष्ठित विकासशील मुलुकहरु जस्तै नेपालले पनि “हतियारबाहेक सबै”योजना अन्तर्गत ईयू बजारमा भन्सार रहित सुलभ पहुँच पाइरहेको छ | किसान र अन्य उत्पादकहरुको क्षमता वृद्धिले नेपालको प्रतिस्पर्धात्मक क्षमता बढाएको छ |

युरोपेलीसंघ र नेपाल सम्बन्धको केन्द्रमा दुबै स्थानका जनता-जनता वीचको सम्बन्ध रहेको छ | ईयुका देशहरूमा अध्ययन गर्ने मौका पाएका नेपालीहरुले युरोपेली भाषाहरू सिक्ने र त्यहाँको सांस्कृतिक विशेषताको अनुभव गर्दै आइरहेका छन् । त्यसैगरी नेपालमा पर्वतारोही र पर्यटकको रुपमा यसको सांस्कृतिक परम्परा र मनोरम प्रकृतिक सम्पदाबाट आकर्षित विदेशीहरुमा यूरोपेलीहरु नै पहिला थिए र अझैपनि नेपालमा युरोपेली पर्यटकहरुको संख्या बढ्दो  छ। शैक्षिक र सांस्कृतिक आदानप्रदान आपसी सम्बन्ध विस्तारका लागि फलदायी हुनुका साथै घनिष्ठ सम्बन्ध र गहिरो मित्रताका निम्ति सहयोगी रहने गर्दछ।

शैक्षिक र सांस्कृतिक आदानप्रदान आपसी सम्बन्ध विस्तारका लागि फलदायी हुनुका साथै घनिष्ठ सम्बन्ध र गहिरो मित्रताका निम्ति सहयोगी रहने गर्दछ।

 

मुलुकहरुबीचको यस्तो घनिष्ठ सम्बन्ध अहिले पनि अति महत्वपूर्ण छ झन् वर्तमानको अनिश्चित परिवेशबाट गुज्रिरहेको विश्वमा यस्तो घनिष्ठता समयसान्दर्भिक|पनि छ | विश्वको शक्ति सन्तुलन बदलिँदै छ र नियमित अन्तर्राष्ट्रिय मान्यताका आधारहरुमाथि बारम्बार प्रश्न उठाइँदैछ | यस्तो अवस्थामा विश्वव्यापी सुव्यवस्थाको मान्यता संरक्षण र संवर्द्धन गर्न युरोपेलीसंघ अझ महत्वपुर्ण शक्तिको रुपमा रहनेछ |

ईयू संसारको दोश्रो ठूलो अर्थतन्त्र हो | हामी संसारको सबैभन्दा ठूलो बजार हौँ र विश्वका कतिपय स्थानहरुमा सबैभन्दा ठूलो वैदेशिक लगानीकर्ता पनि | अन्तर्राष्ट्रिय मञ्चमा एउटा साझा आवाजको रुपमा विश्व व्यापार संगठनको सदस्यको अहम् भूमिका मार्फत अन्तर्राष्ट्रिय व्यापारमा रहेका बाधा अवरोधहरु हटाउँदै तथा संसारका विभिन्न महत्वपूर्ण साझेदारहरुसित द्विपक्षीय व्यापार सम्झौता गर्दै युरोपेलीसंघले आज संसारमा एक बलियो स्थान हासिल गरेको छ | यसबाट ईयूका निर्यात व्यवसायीहरु आफूहरु लाभान्वित हुनुका साथै ३ करोड भन्दा बढी रोजगारी सिर्जना गर्न समेत सफल भएका छन् |

विश्वमा विकास सहकार्य र मानवीय सहायताका लागि हाम्रो एकल लगानी अन्य सबै दातृ निकायहरूले गरेकोकूल लगानी भन्दा बढी रहने गरेको छ । युरोपेलीसंघ विश्व सुरक्षाको लागि आफ्नो सक्रियता गतिशिलतालाई कायम राख्दै एक बलियो, सहयोगी र भरपर्दो साझेदारका रुपमा रही रहन प्रतिबद्ध छ । हामी बहुपक्षवाद, मानव अधिकारर अन्तर्राष्ट्रिय सहकार्यको पक्षमा निरन्तर उभिरहनेछौँ ।

हामी दीगो विकास र समावेशी समाजको पक्षमा सधैँ उभिरहनेछौँ, साथै शिक्षा, प्रजातन्त्र र मानव अधिकारकाक्षेत्रहरूमा व्याप्त रहने असमानताको विरुद्ध लड्न सधैँ तत्पर रहनेछौँ । हाम्रा लागि यो कार्य एउटा दान मात्र नरही आफ्नै सुरक्षा र समृद्धिको लागि गरिएको लगानी पनि हो ।

हामी दीगो विकास र समावेशी समाजको पक्षमा सधैँ उभिरहनेछौँ, साथै शिक्षा, प्रजातन्त्र र मानव अधिकारकाक्षेत्रहरूमा व्याप्त रहने असमानताको विरुद्ध लड्न सधैँ तत्पर रहनेछौँ । हाम्रा लागि यो कार्य एउटा दान मात्र नरही आफ्नै सुरक्षा र समृद्धिको लागि गरिएको लगानी पनि हो ।

 

युरोपेली संघ विकास सहायतमा संसारको सबैभन्दा ठूलो वित्तीय दाताको रुपमा रहेको छ। हामी संयुक्त राष्ट्र संघीय दीगो विकास लक्ष्य योजना नियोजन र कार्यान्वयन गर्न सहायता गर्दैईयू विकास नीतिमा युरोपेली सहमति अध्यावधिक गर्न कार्यरत छौं । ईयूको विकास सहायता संसारमा करीब १५० देशहरूमा जान्छ र यो विश्वका अति विपन्न स्थानहरूमा केन्द्रित छ। सन् २०१४-२०२० को समयमा ईयूसहायताको ७५% हिस्सा प्राकृतिक प्रकोप वा द्वन्द्वको मारमा परेका देशहरूमा जानेछ, जहाँका नागरिकहरु नाजुक स्थितिमा छन् । ईयु मात्र एउटा यस्तो एक्लो दाता हो जसले संसारभरि मै कमजोर वा द्वन्द्व ग्रस्त सबै देशहरूमा सहयोग दिने गर्दछ ।

हामी सदैब उन्नत वैश्विक नियमको पक्षधर हौं जसले नागरिकलाई दुर्व्यवहारबाट रक्षा गर्छ, उनीहरुको अधिकार स्थापना गर्छ र उनीहरुकोस्तरोन्नतिमा सहायक रहन्छ । हामी धन्यवाद भन्न चाहन्छौं कि हाम्रो संलग्नतामा हाम्रा सदस्यराष्ट्रहरु समेतको संलग्नतामा विश्व समुदायद्वारा दीगो विकास लक्ष्य, जलवायु परिवर्तनको विषयमा पेरिस सम्झौता र  वित्तीय विकासका लागि अदिस अबाबा कार्यसूची जस्ता प्रयोगात्मक सम्झौताहरूको निर्माण भएको छ। संसारमा पुन: उदीयमान शक्ति राजनीतीको परिवेशमा, युरोपियन युनियनको अत्यन्तै महत्वपूर्ण भूमिका रहेको छ। अन्तर्राष्ट्रिय वातावरण बढी नाजुक रहँदा लगानीमा कटौती नभई अधिक संलग्नता जरुरी हुन्छ ।

 

संसारमा पुन: उदीयमान शक्ति राजनीतीको परिवेशमा, युरोपियन युनियनको अत्यन्तै महत्वपूर्ण भूमिका रहेको छ। अन्तर्राष्ट्रिय वातावरण बढी नाजुक रहँदा लगानीमा कटौती नभई अधिक संलग्नता जरुरी हुन्छ ।

प्राकृतिक तथा मानवश्रृजित प्रकोपबाट पीडितहरुको मद्दतका लागि युरोपेली संघ सदैव तयार रहने गर्दछ | मानविय संकटहरु अन्तर्राष्ट्रिय रुपमा एक ठूलो विपत्तिका रुपमा रहेका छन् र सन् २०१६मा मात्र ईयूले खाद्धन्न, आवास, सुरक्षा र स्वास्थ्यसेवा गरी ८० देशका १२ करोड मानिसहरुलाई १.५ अर्ब यूरो राहत स्वारुप विनियोजन गरेको थियो | ईयु सन् २०११ मा सिरियाली द्वन्दको सुरुवातदेखि नै त्यहाँबाट विस्थापित लाखौँ पुरुष, महिला तथा बालबालिकाहरुको हेरचाह गर्न मानवीय सहायताको सबैभन्दा ठूलो एकल दातृ निकायको रुपमा रहेको छ | संसारमा कुनै पनि देशले मद्दतका लागि ईयू नागरिक संरक्षण संयन्त्रलाई आव्हान गर्न सक्नेछन्। २००१ मा आफ्नो सुरुवातसंगै  यस संयन्त्रले विश्वले सामना गरेको विनाशकारी प्रकोपहरुमा सहायता गरि आएको छ। जस्तो हैटीको भूकम्प (२०१०), जापानको तीन-प्रकोप (२०११), सर्बिया र बोस्निया र हर्जगोभिनाको बाढी (२०१४), इबोला प्रकोप (२०१४), युक्रेनको द्वन्द्व (२०१४) र नेपालको महाभूकम्प (२०१५) आदि ।

भविष्यमा जे जस्तो घटनाहरू घटेपनि, एउटा कुरा के निश्चित छ भने: युरोपेली संघले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा, विकास सहयोग, मानव अधिकार र मानवीय संकटहरूप्रति केन्द्रित रही आफ्नो विदेश र सुरक्षा नीतिलाई द्रूत प्रतिक्रियाको प्राथमिकतामा राख्नेछ। साथै, नेपाल र ईयू बीचको घनिष्ठ साझेदारी आउँदा वर्षहरुमा अझै विकसित र सम्बृद्ध रहिरहने छ।

(रोम सन्धिको ६०औं वर्ष प्रवेशको अवसरमा नेपालका लागि युरोपेली संघका राजदूत रेन्चे टिरिङ्कको विचार)

 

Top