चुनाव विथोल्न निर्वाचन आयोगनै सक्रिय : शेखर कोइराला

काठमाडौ ७ चैत । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एमालेले पछिल्लो समय अलोकतान्त्रिक चरित्र देखाएको आरोप लगाएका छन् । संसदीय पद्दति मान्ने दलले संसदमा प्रस्तावनै छलफल हुन नदिनु उसको अलोकतान्त्रिक चरित्र भएको कोइरालाको ठहर छ । नेपालवाणी नेटवर्कको कार्यक्रम ‘वाणी वहस’मा श्रीराम पौडेलसँग कुरा गर्दै नेता कोइरालाले निर्वाचन आयोगनै चुनाव विरोधी गितिविधीमा संलग्न रहेको टिप्पणी गरे । कुराकानीको सम्पादित अंश

के प्रशिक्षित गर्दैहुनुहुन्छ हो, कांग्रेसले यस्तो जांगर त देखाउँदैन्थ्यो ?

नेपाली कांग्रेसले जाँगर देखाएको छ । म त झन जाँगरिलो मान्छे ।

उमेर त भइसक्यो, तर फुर्ति भने अझै छ ।

तपाई त देश दुनियाँ कस्तो पाउनुभयो, निर्वाचनको माहोल कस्तो बनेको छ ?

निर्वाचनको माहोल पहाडी जिल्लामा बनेको छैन भनेर भन्न मिल्दैन । साथीहरु चुनावको टिकटकालागि फोन गर्नुहुन्छ, आउनुहुन्छ भेट गर्नुहुन्छ ।

तर निर्वाचनको वातावरण बनेको छैन भन्ने कुरा प्रमुख निर्वाचन आयुक्तले भन्नुभयो ‘सवैदललाई सहमतिमा नल्याएर चुनाव गर्न गाह्रो हुन्छ ।’ र दुई नम्बर प्रदेशमा निर्वाचनको वातावरण बनेकै छैन भनेर उहाँले भनेको कुरालाई मात्रै म दोहोर्याउन चाहन्छु ।

यसले के देखिन्छ भने निर्वाचनको माहोल देशभरि हुनुपर्ने ठाउँमा उहाँ आफैपनि चुनावी माहोललाई विगार्न खोज्दैहुनुहुन्छ । जस्तो राप्रपाको हिन्दू राष्ट्र, राजसंस्थालाई विधानबाट हटाईदिनुभयो त्यो उहाँले गर्ने काम होइन । त्यो सर्वोच्च अदालतको काम हो ।

सर्वोच्चमा त पुग्नु पर्यो नी ?

होइन, निर्वाचन आयोगले इंगित गर्ने मात्रै हो । निर्वाचन आयोगलाई कुनैपनि पार्टीको विधानबाट शव्दावली हटाउने अधिकार छैन ।

के त्यसो भए प्रमुख निर्वाचन आयुक्तनै चुनावी वातावरण विगार्न खोज्दैछन् भन्ने आशय हो ?

हो म त्यही भन्दै छु । उहाँले त बोल्नपनि थाल्नुभयो, दुई नम्बर प्रदेशमा माहोलनै बनेको छैन भनेर, अर्को कुरा के भन्नुभयो भने सवै दललाई राजनीतिक सहमतिमा ल्याउन पर्यो । भनेपछि मधेसी मोर्चा त छैन अहिले हामी यो कुरालाई ‘सिरियसली’ हेर्नु पर्यो ।

देशको प्रधानमन्त्री र प्रमुख निर्वाचन आयुक्त दुई घन्टा बसेर गफ गर्नुभयो र त्यसको भोलीपल्ट राप्रपाको विधानबाट ती शव्दावली हटाएको होइन । यो नै शंकाको विषय छ । यो कुरा हामीले नेपाली जनतालाई बुझाउन जरुरी छ ।

यो अवस्थामा कांग्रेसले गठबन्धन टुटाए हुँदैन र ?

गठबन्धन टुट्ने कुराहरु पछिका हुन् । तर निर्वाचन कले विरालोको घाटीमा घण्टी राख्ने भन्ने कुरा हो । त्यो कुरामा निर्वाचन आयोगका प्रमुख आयुक्त विस्तारै विस्तारै आफै लागि रहनु भएको छ भन्ने हो ।

अब तपाईहरु कसरी अगाडी बढ्नु हुन्छ त ?

हामी त निर्वाचनको निम्ति तयार भएर बसेका छौँ । हामीहरु घुम्दै पनि छौँ । एकसरो उम्मेदवारहरुको विषयमा विचार पनि गर्दैछौँ । चार पाँच वटा गाविस मिलेर एउटा गाउँ पालिका बनेको छ । त्यसैका आधारमा हामी विचार गर्दैछौँ । तर मधेसी मोर्चालाई निर्वाचनमा भाग लिने वातावरण अहिलेका शीर्ष तीन दलले गरेनन् भने २ नम्बर प्रदेशमा निर्वाचन हुन सक्दैन । निर्वाचन भएन भने २ नम्बर प्रदेशमा विखण्डनको विऊ रोपिन्छ भन्ने मेरो मान्यता हो ।

२ नम्बर प्रदेशलाई बाहिर राखेर निर्वाचन गराउन सकिने अवस्था छ की छैन ?

मधेस भन्ने वित्तिकै काठमाडौले २ नम्बर प्रदेशलाई बुझ्छ । मधेस भनेको मोरङपनि हो । म पनि मधेसको प्रतिनिधित्व गर्छु । मधेसमा एक तिहाई जनसंख्या पहाडे समूदायको पनि छ ।

मोर्चाले त विथोल्छौँ भनेको छ नी ?

प्रचण्ड जी के भन्नुहुन्छ सिमांकन थाँती राखौँ भन्नुहुन्छ । उहाँ प्रधानमन्त्री उहाँको सरकारले चार वटा वुँदा संशोधनको प्रस्ताव लग्यो, संशोधन प्रस्ताव टेबल भइसक्यो अब अहिले फिर्ता गर्ने । त्यही हो संसदीय व्यवस्था । एमाले के भन्छ हामी छलफलनै गर्न दिँदैनौँ ।

मोर्चाले भनिसकेको छ । तर हामी निर्वाचनको पक्षमा छौँ । आगामी १० गतेदेखि केन्द्रिय समितिको वैठक बस्दै छ । यसअघि हामी मधेसका सांसदहरु बसेका थियौँ । त्यो वैठकको के निष्कर्ष निकालेका थियौँ भने, संविधानका चार वटा संशोधन प्रस्तावहरु छन्,यो विषय संसदमा टेबल भएको छ ।

साधारण छलफल पनि भएको छ यसलाई प्रक्रियाबाट टुंगो लगाउँ । चार वटैको चारवटै पास हुन्छ राम्रो, सकिँदैन तीन वटा, दुई वटा भएपनि पास गर्नु पर्यो । सिमांकन पास हुन सक्दैन भने त्यसलाई आयोगमा लगौँ । अहिले सरकार कमजोर भएको छ । प्रचण्ड जी के भन्नुहुन्छ सिमांकन थाँती राखौँ भन्नुहुन्छ ।

उहाँ प्रधानमन्त्री उहाँको सरकारले चार वटा वुँदा संशोधनको प्रस्ताव लग्यो, संशोधन प्रस्ताव टेबल भइसक्यो अब अहिले फिर्ता गर्ने । त्यही हो संसदीय व्यवस्था । एमाले के भन्छ हामी छलफलनै गर्न दिँदैनौँ ।

कहिले एकदिनको लागि छलफल गर्न दिन्छौँ भन्छ, कहिले असंवैधानिक हो त्यसैले हुँदै हुँदैन भन्छ, छलफल गर्न नदिने हो भने एमाले कसरी लोकतान्त्रिक पार्टी भयो । कसरी प्रजातान्त्रिक पार्टी, कसरी संसदीय व्यवस्थालाई अपनाएको पार्टी भयो । छलफल गर्न त दिनुपर्यो नी ।

मधेसी मोर्चालाई पनि म भन्दै छु, उहाँहरु पनि छलफल गर्न दिनु पर्यो । उहाँहरुले भनेकै सवैकुरा आउँछ भन्ने पनि छैन ।नेपाली कांग्रेसले मधेसी मोर्चालाई संझाउँदै आएको छ जति पाउँछौँ लिइहाल । जती बाँकी छ भोली फेरि लडौँला । तर हामी असंसदीय प्रक्रियाबाट हामी जान हुँदैन । तर एमालेले प्रक्रियामै लैजान नदिने यो त भएन नी त ।

राप्रपाले पनि संशोधन प्रस्ताव दर्ता गराएको छ नी, त्यसैगरी मोर्चाले पनि गरे हुँदैन ?

२०१६ सालमा काठमाडौ बाहिरका सांसदहरुले राजधानी काठमाडौबाट हटाएर चितवन वा पोखरामा राख भनेर ‘प्राइभेट बिल’ दर्ता गरे ।

२०१६ सालमा काठमाडौ बाहिरका सांसदहरुले राजधानी काठमाडौबाट हटाएर चितवन वा पोखरामा राख भनेर ‘प्राइभेट बिल’ दर्ता गरे । अनि त्यहाँ छलफल भयो, नेपाली कांग्रेसका सांसदहरुलाई विपी, गणेशमान जीले सम्झाउनुभयो । किशुन जी त सभामुखनै हुनुहुन्थ्यो । सुवर्ण जीले संझाउनुभयो । त्यसपछि विल चेन्ज गरिएको हो त । त्यतिबेला छलफल त भएको थियो नी ।

मेरो भनाई भनेको संसदीय व्यवस्थलाई जुन पार्टीले स्वीकार गर्छ,त्यो लोकतान्त्रिक हुन्छ । त्यसकारण एमाले पनि अलोकतान्त्रिक, अप्रजातान्त्रिक,मधेसी मोर्चा पनि म मान्दैन भन्छ भने मोर्चालाई अहिले पनि म लोकतान्त्रिक मान्छु, छलफल गर्न देउ । जतीवटा पास हुन्छ बुँदा त्यसलाई ग्रहण गरौँ । त्यो पो हो त संसदीय व्यवस्थाको सुन्दर पक्ष ।

एमालेलाई अराजक कसरी भन्नुभयो ?

एमाले कसरी अराजक भएन, देश अप्ठेरो परिस्थीतिमा छ । नक्कली र उग्र राष्ट्रवादको नारा लगाएर हिँडेपछि, मधेसमा उग्रराष्ट्रबादको नारा घन्कदैन । त्यसले जातिय द्वन्द्व निम्तदँन । त्यसले देश विखण्डनको प्रक्रियामा जाँदैन ।

भनेपछि मधेसलाई उत्तेजित गर्ने काम एमालेले गर्यो ?

अहिलेको देशको परिस्थीतिमा कुनैपनि जात जातिलाई मधेसलाई मात्रै होइन, कोहीलाई पनि उग्र कुरा गर्नुहुँदैन । जसलाई जे मन लाग्छ त्यो भनिदिने । नेताहरुले लगाम लगाउनु पर्दैन जिब्रोमा । मधेसीलाई पनि भन्दैछु, उहाँहरुले पनि सहनसिलता देखाउन पर्यो । एमालेका साथीहरुले पनि सहनशिलता देखाउन पर्यो । कहिले भन्या छ मधेसमा धोती विच्छाइदिने, म त अहिले इलाममा छु झलनाथ खनालको जिल्लामा । उहाँलेनै बोल्नु भएको हो । यस्तो बोलीले उनीहरुलाई चित्त दुख्दैन । मधेसी पनि त यो देशका मानिस, नागरिक हुन । के केपी ओली र झलनाथ खनाललाई मात्रै देशको माया छ ।

मोर्चालाई बाहिर राखेर चुनावमा जानुहुन्छ की जानुहुँदैन ?

यो मेरो व्यक्तिगत विचार हो । अहिले २ नम्बर प्रदेशमा निर्वाचन हुने अवस्था देखिदैन । मधेसी मोर्चाले राखेको सर्तलाई मान्नुपर्छ भन्ने होइन हामीले । सरकारले जुन संशोधन प्रस्ताव लगेको छ, त्यसमा छलफल गरौँ । छलफलमा मेधसी मोर्चाले केही कुरा पनि परिमार्जन गर्ला । अरु राजनीतिक दलहरुले पनि गर्लान । त्यसमा छलफल गरेर टुंगो लगाउँ ।

कांग्रेस किन आफै म्यानेज हुन नसकेको, अरुलाई दोष दिएर हुन्छ ? हामीले मधेसी मोर्चासँग वार्ता नगरेको पनि होइन । राजनीतिमा स्ट्याण्ड हुन्छ । मधेसलाई काठमाडौबाट हेर्ने दृष्टिकोण फरक गर्नु पर्यो ।

मधेस नेपालमा छ भन्ने कुरा राजनीतिज्ञले काठमाडौबाट सोँच्नु पर्यो । उनीहरु नेपाली हुन, राष्ट्रियतामा संका नगरौँ । यति गरियो भने समस्या समाधान हुन्छ । तर त्यो कुरालाई हामी मनन गर्दैनौँ । अहिले मधेस भन्ने वित्तिकै दुई नम्बर प्रदेश संझन्छौँ ।

टाउको दुखाई त सिंमाकन हो नी, एमालेले चलाउनै हुँदैन भन्छ ?

एमालेले सिमांकनको कुरा चलाउनै हुँदैन, यो असंवैधानिक भनेर भन्दै आएको छ । असंवैधानिक हो भने किन एक दिन छलफल गर्न दियो । त्यसैले देखिन्छ एमाले द्वयध चरित्रको पार्टी हो । त्यो प्रस्ताव त संवैधानिक रहिछ भन्ने त त्यही दिन पुष्टि भयो नी त । सिमांकनको विषय त आयोग मार्फत पनि टुंगोमा पुग्न सकिन्छ । त्यो संवैधानिक आयोगमा जान पनि त छलफल गर्नु पर्यो । विचको वाटो भनेकै आयोगबाट टुंगो लगाउने हो ।

Top