ब्लग- गाली तितो तर अचुक ओखती !

बलेन्द्र भण्डारी ‘आशिष’ ।   दुनियाँको सबैभन्दा नमिठो अनि तितो शब्द होला ‘गाली’ ।

गाली प्राय दुई प्रकारले गरिन्छ । जब काम बिगारीन्छ अथवा भनौन काम राम्रो सँग सम्पन्न गर्न सकिदैंन अनि खाइने गरिन्छ,अर्को तिर कसैले राम्रो नै गरेको भए पनि डाहाले पनि गर्ने गरिन्छ गाली ।

तपाईं सँग पनि गाली खाएको अनुभव होला । कति अपाच्य हुन्छ है गाली?

हुनत गाली खान कसलाई पो मन हुन्छ र? तैपनि गाली खानबाट कोहि पनि अछुतो रहन सक्दैन । तुलनात्मक रुपमा धेरथोर मात्रै हो ।

खासगरी श्रीमानले श्रीमतीलाई, श्रीमतीले श्रीमानलाई,आमाबाबुले छोराछोरीलाई, दाईदिदिले भाईबैनिलाई,प्रेमिले प्रमिकालाई,प्रेमीकाले प्रेमीलाई र आफूभन्दा अग्रजले आफूभन्दा सानालाई गाली गर्ने गरिन्छ ।

गाली किन गरिन्छ? यसको सटिक प्रश्न छ भने सटिक उत्तर पनि छ गाली आफ्नो बनाउन गरिन्छ, आफ्नो सोचेर गरिन्छ,बिग्रेलान भनेर गरिन्छ,बिग्रन नदिन गरिन्छ,सुमार्गमा हिडोस भनेर गरिन्छ ।

गालीलाई नराम्रो मात्र नमानेर सकारात्मक रुपमा लिन जरुरी छ । सुन्दा र भोग्दा एकदमै तितो अनि अपाच्य लागेपनि गालीलाई सकारात्मक रुपमा लिएर मनन गर्न सक्ने हो भने जिवनलाइ अझै परिमार्जन गर्दै सुन्दर अनि नविन पनि बनाउन सकिन्छ ।

जसलाई गाली गर्ने कोहि हुदैंन ,सम्झाउने कोहि हुदैन,सचेत गराउने कोहि हुदैंन त्यो व्यत्ति कस्तो बन्ला? तपाई आफैं सोच्नुस । गाली खाईराख्ने मान्छे हरेक कुरामा निखारिएर पाको बनेको हुन्छ । यदि तपाईलाई पनि गाली गर्ने मानिसहरु छन भने दु:खि नहुनुहोस बरु आफूलाई भाग्यमानी ठान्नुस ।

उनीहरुले गर्ने गालीलाई मनन गरेर आफूलाई थप सुदार्दै लानुस । यदि तपाईंका गाली गर्ने मान्छे छैनन भने आजैदेखि बनाउन सुरु गर्नुहोस । हरेक व्यक्तिको जीवनमा गाली गर्दिने २-४ जना मानिस हुनु आवश्यक मात्रै हैन अपरिहार्य पनि छ ।

गालीलाई बिख नसोच्नुस गाली बिख होईन बरु तपाईंको जिवनको ओखोती पनि बन्न सक्छ ।

गालीलाई सकरात्मक रुपमा ग्रहण अनि मनन गर्दै आफूलाई सुदार्धै लानुस एकदिन त्यहि गालीबाट तपाई निखारिएर चमेलि र पारिजातको बोटबाट झै तपाईको सुगन्ध दिने छ ।

लेखकः पर्वत निवासी हुन् ।

Top