ब्लग: नेपाल र सिक्किमलाई दाँज्दा

प्राविधिक केसी ।   हामी गण्डकी आवासीयमाविका विदयार्थी यसपालिको दशैँ तिहार बिदामा सातदिने टुरका लागिपुर्वीय क्षेत्र निक्लिएका थियौँ । पहिले धरान अनि इलाम अनि दार्जिलिङ्ग  अनि सिक्किम अन्तिममा जनकपुरधाम घुम्ने योजना थियो ।

योजना पूर्वकनै टुरको समापन भयो तर त्यस सातदिने टुरले  सात दशकसम्म नबिर्सिने गरि मनमा छाप पार्यो र नेपाल र सिक्किमको भिन्नता क्रिस्टल क्लियर बनाइदियो ।

म टुरको क्रममा निकै प्रभावित भएको ठाउँ सिक्किम थियो । सिक्किममा पुग्दा बेग्लै अनुभव भयो । त्यहाँको व्यवस्थापनले मलाई निकै प्रभावित पार्यो अनि मनमा एउटा प्रश्न उत्पन्न भयो “यदि नेपाल पनि त्यस्तै व्यवस्थित भएको भए ………?” नेपाल र सिक्किममा भिन्नताहरु थुप्रै थिए ।

पहिलो नम्बरमा त गाडी हिँड्ने बाटामा नै फरक पाएँ । नेपालको बाटा बनाउने क्रममा नै हेलचक्रयाइँ हुन्छ जसका कारण छिटै बाटाहरुमा बिग्रिने गर्छन् । केही समयमानै बाटामा जताततै खाल्डाहरु देखिन्छन् जसको ज्वलन्तउ दाहरण मुग्लिन–नारायणगढ खण्डको बाटो हो ।

तर सिक्किममा सडक पहिलै बनाउँदा नै राम्रोसँग बनाइएका रहेछन् र सडकको केही भाग बिग्रिने बित्तिकै तुरुन्तै बनाइने रहेछ ।

त्यसैले पनि हो भौगोलिक हिसाबले नेपाल र सिक्किम उस्तै भएपनि गाडी दुर्घटनामा नेपाल धेरै अगाडि पर्छ ।

सिक्किममा सेना व्यवस्थापन निकै राम्रो थियो । हरेक एक किलोमिटरमा सेनाका केही न केही गतिविधि अवश्य देख्न पाइन्थ्यो । सेनाका गाडी पनि गुडिरहेका देखिन्थे । सिक्मिको राजधानी गान्टोक छिर्ने बित्तिकै सबै कुरा व्यवस्थित भएको आभाष भयो । गान्टोक छिरेपछि ठुला गाडि चलाउन पाइने रहेनछ, गाडीले हरन बजाउन पनि पाइने रहेनछ ।

त्यहीँको गाडि चालकले बताएअनुसार सडकको एक छेउमा फुटपात थियो जुनचाहिँ करिब १२ किलोमिटर लामो अरे तर काठमाडौँको जस्तो फुटपाथ पसल कहीं पनि देखिएन ।

गान्टोक सफा सहरको सूचिमा पनि करिब अग्रस्थानमै आउँछ होला ।

बाटाको छेउछाउ कतै पनि फोहोर देखिएन । यो काठमाडौँ जस्तो सहरमा बस्ने हामिलाई दुर्भाग्यको कुरा भनू कि सौभाग्यको कुरा ?

प्लास्टिकको प्रयोग पनि न्युन थियो । पर्यटकहरुलाई प्लास्टिक देख्न त्यहाँ सायद गाह्रै पर्छ ।

केही सामान किन्यो भने त्यसलाई कागजका या कपडाका झोलामा प्याक गरिने रहेछ । फ्लावर बुकेमा समेत पत्रिकाको प्रयोग थियो ।

तर नेपालको कुरा गर्दा त्यस्तो व्यवस्था कहाँ छ होला र ? यहाँ त प्लास्टिकको प्रचुर प्रयोग, बाटाका छेउछाउमा डङ्गुरको स्वागत र खुल्ला दिसा पिसाबमुक्त क्षेत्रमा दिसा पिसाबले अभिनन्दन गरेको पाइन्छ ।

गान्टोकमा रातीतिर हिँडदा् पनि असुरक्षित भएको अनुभव पटक्कै थिएन त त्यही समयमा काठमाडौँमा हिँडदा कति डर लाग्छ होला ।

त्यहाँ मलाई एकदमै मन परेको कुरामा राजनैतिक स्थिरता पनि एक हो ।

‘Inaugurated by PawanChamling, the honorableChief Minister’  लेखेको देखेँ । एउटा राजनेताले थुप्रै विकास गरेको देखियो ।

यही कुरामा नेपाललाई नियाल्दा निकै पिर लाग्छ । नेपालमा एक वर्ष एउटा प्रधानमन्त्री रहनु भनेको पनि बाघै मारे  झै हुनु हो ।

त्यति थोरै अवधिमा कसले के गर्न सक्छ र अझ सबै अरु पाटिै विपक्षी हुँदा ।

सवैभन्दा मन परको कुरा जनताको सक्रिय सहभागिताहो । सिक्किमेलीहरु सबै अनुशासनमा बसेका । सरकारद्धारा बनाइएका योजनाहरु सजिलै स्विकारी आफ्नो राज्यको विकासमा अग्रसर रहेका ।

त्यहाँ न कुनै बन्द , हडताल थियो न त कुनै आन्दोलन । नेपालीको जस्तो सानो कुरामापनि टायर जलाउने परम्परा उनीहरुको रहेनछ ।

सबै  आ–आफ्नो काममा व्यस्थ थिए । नेपालमा जस्तो चिया पसलमा बसी खुट्टा हल्लाएर चिया पिउँदै सरकारको त्रुटी औंउल्याउँदै बस्ने चलन रहेनछ ।

शिक्षकले हामीलाई पहिले नै भन्दै हुनुहुन्थ्यो , “तिमी प्राकृतिक सुन्दरता हेर्न पोखरा बाहिर जानै पर्दैन , यहाँ त बस् व्यवस्थापन र जीवनशैली बुझ्न आएका छौ ।”

सरको यो कुरामा साँच्ची नै दुई मत रहेनछ । साँच्ची नै भन्नुपर्दा सिक्किममा नेपालको जस्तो घुम्ने ठाउँ पटक्कै छैन तर वर्षेनीहजारौं पर्यटक ओहिरिएको देख्न सकिन्छ ।

यो सबै राम्रो व्यवस्थापन ले गर्दा नै हो । एउटा झरनालाई थोरै मात्र सिँगारेको छ र त्यो view point  भइहाल्यो ।

त्यही झरनामा पर्यटकहरु थुप्रो पैसा बगाइरहेका छन् । सिक्किम अहिले पर्यटनले मात्र पालिने अवस्थामा आइपुगेको छ ।

त्यहाँ रातको कुनै निश्चित समयपछि हल्ला गर्न नपाइने । घुम्न गएका हामी साथीहरु नाच्ने  गाउने त स्वत : हुने भयो । हामीलाई त्यसका लागि नौ बजेसम्म समय दिइयो र ठ्याक्कै नौ बजेपछि सेना आई हल्ला बन्द गर्ने र सुत्न जाने आदेश दिइयो ।

साँच्चै त्यहाँ अर्काको अधिकार हनन गर्न पाइने रहेनछ ।

दुईदिन बसिसके पनि त्यहाँको व्यवस्थापनले अझैँ बसूँ बसूँ भैँ भएको थियो ।

अर्को याद आइरहने कुरा वेस्ट बेङ्गाल र सिक्किमको बोर्डर चेकिङमा हो । त्यहाँ राज्य राज्य बिच हुने चेकिङ साँच्चै नेपाल र भारतको सिमानामा छैन । कति सजिलै मान्छे नेपाल र भारत गर्न सक्ने । अझ नेपाल प्रहरीको कम सक्रियता देख्दा त निकै पिर लाग्यो । त्यसैले पनिहोला चेलिबेटी बेचबिखन,लागु औषधको अवैध कारोबार , कालोबजारी सजिलै लुक्न सक्ने ।

फर्किने क्रममा हामी कोशी ब्यारेज झरी पुलको एक कुनाबाट अर्को कुनामा पुग्यौँ ।

सिक्किमका सात  आठ ओटा view points भन्दानिकै राम्रो भएपनि सरोकारवालाले नै ध्यान नदिएकाले एउटा पर्यटक देखिएन । साँच्चै मुटु च्वास्स बिझयो ।

त्यसपछि दिउँसो तिर जनकपुरधाम पुगियो र जानकी मन्दिर लगियो । मनमा बढो कौतुहलता थियो बच्चै बाट पढदै आएको जानकी मन्दिर कस्तो होला भनेर ।

जानकी मन्दिरमा पुगेर आनन्दाभुति होला भन्ने ठूलो आशा थियो तर त्यहाँ पुग्दा सबै आशा निराशामा बदलियो । मनमा ठूलो कम्पन आयो । जानकी मन्दिरमा र त्यसको परिसरमा पुग्नासाथ कतिबेला फर्किने हो झैँ भयो ल। जुनजुन कुरा मैले देखेँ सबै अस्त व्यस्त थियो  ।

जताततै फोहरको रास देख्न सकिन्थ्यो । जानकीमन्दिर अगाडी एउटा ठुलो धार्मिक पोखरी थियो । पोखरीमा पुण्य कमाउने मनसायले स्नान गर्न गएका भक्तजन हरुलाई लुतो लाग्ने मैले प्रबल सम्भावना देखेको थिएँ ।

बाटाको आधा भाग फोहोर नै फोहोर ।

अर्को आधा भागबाट हिड्नु पर्ने तर नाक नथुनिकन त त्यहाँ बस्न पनि गाह्रो र डेग चल्नपनि गाह्रो ।

एउटी साथीले जुस किनेकी रहिछन् । मलाई खाउ भनेर दिँदै थिइन् ।

मलाई उनले भर्खरै किनेर ल्याएको जुस खान पनि डर लागिरहेको थियो तर मन राख्न भएपनि थोरै खाए जस्तो गरे ।

भन्न पिर लाग्छ तर साच्चै सत्य तितो हुँदो रहेछ ।

जानकी मन्दिर भित्रै पनि निकै फोहोर । मन्दिर भित्रै गनाइरहेको थियो ।

मन्दिरको एक कुनामा पान खाएर थुकिएकाले भित्ता रातै देख्न सकिन्थ्यो ।

यस कुराले हामी नेपाली कत्तिको सभ्य छौं भन्ने कुरा छर्लङग पार्छ ।

जानकी मन्दिर परिसरको फोहोर देख्दा रोग कसलाई पो नलाग्ला भन्ने कुरा मनमा आइरहेको थियो ।

ठाउँ ठाउँमा मेडिकल थिए र सबै मेडिकल भरि भराउथिए । सीता मातालाई अवहेलना गरेकाले त्यो सजाय पाएका हुन् कि ? यो कुरा जनकपुरवासीले गम्भीर भइ अवश्य सोच्नु पर्छ । जनकपुरमा करिब ४०/४५ मिनेट मात्र बस्न पनि निकै गाह्रो भयो ।

जनकपुर एक धार्मिक, ऐतिहासिक , सांस्कृतिक महत्व बोकेको स्थल हो । त्यहाँ देवीसिताको जन्मभएको थियो । महर्षि जनकले  ज्ञान बाढेको थिए र गार्गी र याज्ञ वल्क्य जस्ता विद्वानले राज्यको विकास पनि टेवा पुर्याएका थिए ।

यो हिन्दूका लागि मात्र नभएर सबैका लागि महत्वपूर्ण स्थल हो । यो हामी सबैले बुझेकै कुरा हो ।

यदि जनकपुरधाम व्यवस्थित र सफा भएको भएको भए टुरको एकदिन अवश्य त्यहाँ बस्ने थियौँ । सिक्किम छाडेर जनकपुर दुई दिन नै पनि बस्न सक्ने थियौँ । एकदिन बस्दा एउटा पर्यटकले कम्तिमा १००० रुपियाँ खर्च गर्छ । हाम्रो समुहमा ११० जना थियौँ । त्यसको मतलब हामीले एकदिनमा कम्तिमा ११०००० रुपियाँ खर्च गथ्यौँ । हामी त एउटा समुहमात्र । त्यस्ता पर्यटकको समूह त कति आउँथे कति । नेपालबाट मात्र नभएर भारत र अरु देशबाटपनि थप्रै खनिन्थे ।

अनि त्यहाँको यातायात, होटल, पसल, कला सबै धानिन्थे । एकतिर जनकपुरको सकारात्मक प्रचार प्रसार हुने थियो भने अर्कातिर जनकपुरबासीको जीवनस्थतर उकासिने थियो जसले गर्दा जनकपुरको आर्थिक अवस्थामा निकै सुधार हुने थियो ।

सारा नेपालको आर्थिकस्थर पनि केही हदसम्म उत्थान हुने थियो ।

जुनै पनि पर्यटकले घर पुगेपछि कम्तिमा १० जनासँग आफ्नो भ्रमणको बारेमा भन्छ । हामी ११० जनाले ११०० जनासँग अवश्य भनिन्छ । ११०० जनामा जानकीमन्दिर नदेखे पनि नराम्रो छाप बसिसक्छ ।

उनीहरु भ्रमण जानु पर्यो भने जनकपुरधामलाई भन्दा अरुलाई बढि प्राथमिकता दिन्छन् ।

यदि जनकपुर व्यवस्थित भए हामीबाट सकारात्मक सन्देश जाने थियो र अरुको पहिलो रोजाई पनि जनकपुर धाम हुने थियो ।

त्यसैले म जनकपुरवासीलाई बिन्ति गर्छु एर्कछिन गम्भिर रुपले यस कुरा सोच्नुहोस् ।

मेरो विचारमा मोदी र मुखर्जी आउदा जनकपुर सफा गर्नु कुनै ठुलो कुरा होइन । मलाई लाग्छ यो त देखावटी मात्र हो। यदी साच्चै नै जनकपुरलाई सुन्दर नगरी वनाउनु छ त हरेक दिन हरेक जनकपुरवासीले आफ्नो क्षेत्रवाट सक्दो सरसफाई गरी जानकीलाई  सधै  खुसी पार्ने जमर्को गर्नै पर्छ ।

निस्कर्षमा भन्नुपर्दा मैले यो भ्रमणबाट के बुझें भने आफ्नो ठाउँ कस्तो बनाउने भन्ने कुरा त्यस ठाउँका बासिन्दामा नै भर पर्छ ।

विगतका गल्तीलाई सच्चाइ आफ्नो समाज र सारा राष्ट्र्को व्यवस्थापन गरी सफलताको शिखर चुम्नका लागि सत्मार्गमा हिँड्न के हामी जिम्मेवार छैनौँ त …….?

 

 

Top